मङ्लबार, बैशाख १८, २०८१

आयोगले मंसिर ८ र ९ मा परिचयपत्र वितरण गर्ने

 काठमाडौ कार्तिक २५ , निर्वाचन आयोगले पहिलो चरणमा निर्वाचन हुने जिल्लामा मंसिर ८ र ९ तथा दोस्रो चरणमा निर्वाचन हुने जिल्लामा मंसिर १९ र २० गते मतदाता परिचयपत्र बुझ्न बाँकी रहेका मतदाताका वितरण गर्ने भएको छ । आयोगका अनुसार गत भाद्र ३ गतेसम्म मतदाता नामावलीमा नाम दर्ता गरी भाद्र ५ गतेसम्ममा १८ वर्ष उमेर पूरा गरेका, ठाउँसारी र सच्याउन निवेदन दिएका मतदाताको परिचयपत्र उक्त मितिमा सम्बन्धित मतदान केन्द्रबाट उपलब्ध गराइनेछ ।

 आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि स्थानीय तहको निर्वाचनमा मतदाता परिचयपत्र बुझ्न बाँकी रहेकालाई पनि उक्त मितिमा मतदाता परिचयपत्र वितरण गरिनेछ ।  स्थानीय तहको निर्वाचनमा मतदाता परिचयपत्र प्राप्त गरिसकेका मतदाताले सोही परिचयपत्रका आधारमा मतदान गर्न पाउने व्यहोरा निर्वाचन आयोगले जनाएको छ ।