शुक्रबार, बैशाख १४, २०८१

ट्याक्सीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

काठमाडौ कार्तिक २६,  आज बिहान सिहदरबार चोक नजिक बा २ ज २३४४ नंको ट्याक्सीले ठक्कर दिँदा बा ३३ प ७४३ नं को मोटरसाइकल चालक धादिङका २१ वर्षीय रुप घलेको मृत्यु भएको छ ।

ट्याक्सीको ठक्करबाट घाइते घलेको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका क्रममा निधन भएको महागरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । । ट्याक्सीसहित चालकलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान थालेको छ ।