मङ्लबार, बैशाख १८, २०८१

एमालेसंगको चुनाबी गठबन्धन मुलुकमा स्थिरता र विकासको लागि : अध्यक्ष ढकाल

काठमाडौ असोज २५,  नेपाल परिवार दलको केन्द्रीय समिति बैठक चितवनमा सम्पन्न भयको छ । दलका अध्यक्ष एकनाथ ढकालले ४ दिन अघि दिबंगत  आमाको काज क्रिया बसिराखेको बेला केन्द्रीय समितिको बैठकको अध्यक्षता गरेका थिय । कालिका नगरपालिका, वडा नम्बर ६, खोलेसिमलमा आयोजित बैठकमा सहभागी केन्द्रीय सदस्यहरु ढकाल निवास चितवन आयका थिय । बैठकले नेकपा एमाले र परिवार दलबीच भयको ३ बुँदे सहमतिको अनुमोदन गरेको छ ।

त्यसैगरी परिवार दलको तर्फवाट उम्मेदवार सिफारिस गर्न केन्द्रीय कार्य सम्पादन समितिलाई अधिकार दिएको छ । । बैठकलाई सम्बोधन गर्दै पूर्वमन्त्री समेत रहेका ढकालले एमाले संगको चुनाबी गठबन्धन मुलुकमा स्थिरता र बिकासको लागि भएको बताउँदै राष्ट्रियता, विकास, संविधानको कार्यन्वयन, शान्ति र लोकतन्त्रको खातिर एमालेसंग सहकार्य गरेको प्रष्ट पार्दै गठबन्धनलाइ अत्याधिक बहुमतका साथ बिजयी गराउन निर्देशन    सहित   पूर्व निर्धारित  मितिमै निर्बाचन हुनु पर्नेमा जोड दिदै सहमतिको आधारमा प्राप्त हुने निर्बाचन क्षेत्रमा उम्मेदवार हुन आफुँ तयार रहेको पनि बताउँनु भएको थियो ।

बैठकमा महामन्त्री बिनोद डाँगीले अध्यक्ष ढकालको आमाको दुखद निधन प्रति प्रस्तुत शोक प्रस्ताब पारित गरेको थियो । बैठकमा महामन्त्री बिनोद डाँगी, सांसद मिलन राजबंशी, केन्द्रिय सदस्यहरु प्रकाश बाबु थापा, गणेश कुमार श्रेष्ठ, लक्ष्मी प्रसाद भण्डारी, पिया रत्न महर्जन, अधिवक्ता दयाँराम कंडेल, नबिन जैशी, रामचद्र चौधरी, शिव कृष्ण श्रेष्ठ,रुपसिंह भण्डारी, राघबेन्द्र श्रीबास्ताब, राजेश बिष्ट, अब्दुल केयुम शाह फकिर, मनोज लाल कर्ण, सन्तोष दास, रीता कमारी महत्तो लगायतले आ-आफ्ना धारणा राख्नु भयको थियो ।