शुक्रबार, चैत्र १६, २०८०

१७ सदस्यीय काँग्रेस संसदीय समिति गठन, समानुपातिक बन्दसूचीको नामावली तयार गर्ने गृहकार्य शुरु

काठमाडौ असोज २५,  आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार बन्नेको सिफारिस सहित दुवै तहको निर्वाचनको सबै उम्मेदवारहरुको नाम असोज २७ गतेभित्र टुंगो लगाउँन नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको १७ सदस्यीय संसदीय समिति गठन गर्नुभएको छ ।
गठित समितिको सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधि, गोपालमान श्रेष्ठ, चित्रलेखा यादव, खुमबहादुर खड्का, डा रामशरण महत, अर्जुननरसिंह केसी, पूर्णबहादुर खड्का, महेश आचार्य, ज्ञानेन्द्रबहादुर कार्की, बालकृष्ण खाँड र डा प्रकाशशरण महत रहनुभएको छ ।
यसैवीच समितिको आज बसेको बैठकले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि उम्मेदवार छनोटको मापदण्ड बारे छलफल सहित प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा पार्टीकातर्फबाट समानुपातिक बन्दसूचीको नामावली तयार गर्ने गृहकार्य शुरु गरेको बुझिएको छ ।