प्रधानमन्त्री देउवा र भारतीय विदेशमन्त्री स्वराजबीच ‘वान टु वान’ कुराकानी
काठमाडौ श्रावण २६, राष्ट्रपति विद्यादेवी भण्डारीसँग बिम्स्टेकको मन्त्रीस्तरीय बैठकका लागि नेपाल भ्रमणमा रहनुभएका भारतीय विदेशमन्त्री सुष्मा स्वराजले विहीबार भेटवार्ता गरेकी छन् । राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा दुई देशबीचको सम्बन्धका विषयमा छलफल भएको जनाइएको छ । राष्ट्रपति कार्यालयका प्रवक्ता मोहन प्रसाद वाग्लेद्दारा जारी विज्ञप्तिमा उल्लेख भएअनुसार उक्त भेटका अवसरमा भारतका लागि नेपालका महामहिम राजदूत तथा नेपालका लागि भारतका महामहिम राजदूत एवम् दुवै सरकारका उच्च पदस्थ अधिकारीहरु समेतको उपस्थिति रहेको उल्लेख गरिएको छ ।
यसअघि विदेशमन्त्री स्वराजले प्रधानमन्त्री प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेकी थिइन् । बालुवाटारमा भएको उक्त भेटवार्ता आपसी सम्बन्ध तथा प्रधानमन्त्री देउवाको भारत भ्रमणको विषयमा केन्द्रित रहेको बताइएको छ । प्रधानमन्त्री देउवा र भारतीय विदेशमन्त्री स्वराजबीच ‘वान टु वान’ कुराकानीसमेत भएको थियो ।फोटो :राष्ट्रपतिको कार्यालय