मङ्लबार, बैशाख २५, २०८१

महानगरका ज्येष्ठ नागरिकलाई स्वास्थ्य उपचार सहित सामाजिक सुरक्षा भत्ता

काठमाडौ आषाढ १६,  काठमाडौ महानगरपालिकाले विहिवारबाट महानगरभित्रका ८८ वर्ष उमेर पुगेका ज्येष्ठ नागरिकलाई घरघरमा स्वास्थ्य सेवा दिने योजना कार्यान्वयमा ल्याएको छ । महानगरपालिकाभित्रका ज्येष्ठ नागरिकलाई जीवनप्रति सकारात्मक सोचको विकास एवम् उनीहरूमा भएका रोगको निदान गरी स्वस्थ्यabvvजीवन बाँच्न प्रेरित गर्ने उद्देश्यले महानगरपालिकाले सो अभियान सुरु गरेको जनाएको छ ।

विहिवार कामपा प्रमुख विद्यासुन्दर शाक्यले उपप्रमुख हरिप्रभा खडेगी श्रेष्ठ सहितको  उपस्थितीमा  नन्दी रात्रि मावि, वडा नं १ नक्साल क्षेत्रबाट ज्येष्ठ नागरिक सामाजिक सुरक्षा भत्ता वितरण एवम् नागरिकको घरमै गएर स्वास्थ्य परीक्षण कार्यक्रमको सुभारम्भ गरि प्रस्तुत कार्यक्रमको विधिवत सुभारम्भ गर्नु भएको हो ।

महानगर अन्र्तगत रहेका ३२ वटै वडालाई आठ क्षेत्रमा विभाजन गरी कार्यान्वययन गरिने बताईएको यस कार्यक्रमको पहिलो दिन वडा नं १ मा छ जना वृद्धालाई रु १२ हजार महानगर भत्ता वितरण गर्नाका साथै स्वास्थ्य परीक्षण गरिएको कामपाले जनाएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

June 2017
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031