शनिबार, बैशाख ८, २०८१

वन अधिकृत र खरिदार चौधरीविरुद्ध मुद्दा दायर

काठमाडौ आषाढ १६,  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस मागेको भन्ने सूचनाका आधारमा आयोगको टोलीले पक्राउ गरेका इलाका वन Captureकार्यालय बर्दियाका सहायक वन अधिकृत राजकिशोरप्रसाद स्वर्णकारविरुद्ध विशेष अदालतमा आज मुद्दा दायर गरेको छ ।

आयोगका अनुसार कटान अनुमति लिई कटान गरेको गोलिया काठको लगत मूल्याङ्कन गर्ने कार्यमा सहायक वन अधिकृत स्वर्णकारले रु छ हजार घुस मागेका थिए । आयोग दायर मुद्धामा आरोपीसँग बिगो असुल गरी हदैसम्मको कारबाहीको माग गरेको जनाएको छ ।

यसैवीच  आयोगले  आजै   जिल्ला समन्वय समितिको कार्यालय कैलालीका खरिदार दुजराम चौधरीले नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी उक्त पदमा कार्यरत रहेको तथा सेवा सुविधा लिईरहेकोले भन्ने   उजुरीको सम्बन्धमा अनुसन्धान हुदां, निजले बढुवा हुने प्रयोजनको लागी पेश गरेको  शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली एवं झुठ्ठा देखिन आएको हुदां  खरिदार  चौधरीविरुद्ध    भ्रष्टाचार निवारण ऐन बमोजिम सजाय हुन मागदाबी गर्दै   विशेष अदालत काठमाडौंमा मुद्धा   दायर गरेको   छ ।