आइतवार, जेष्ठ ६, २०८१

महाभियोग प्रस्तावमाथिको छलफल छिटो टुङयाउन सभामुख घर्तीको आग्रह

काठमाडौ मार्ग ३, व्यवस्थापिका संसदमा जारी अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्वित प्रमुख आयुक्त लोकमानसिंह कार्कीमाथिको महाभियोग प्रस्तावमाथिको छलफलछिटो टुङ्ग््याउन सभामुख ओनसरी घर्तीले प्रमुख दलका नेतालाई अनुरोध गरेको र प्रतिनिधिमूलक ढङ्गले कुरा राख्न प्रमुख सचेतकमार्फत captureसांसदलाई आग्रह गरेको बताउँनु भएको छ ।
सभामुख घर्तीले आज व्यवस्थापिका–संसद्को बैठकपछि आज संसद् भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै यस्तो अभिव्यक्ति दिनु भएको हो ।  महाभियोग प्रस्तावमाथिको जारी छलफलको क्रममा आजसम ५१जना सांसदले आफ्नो धारणा राखिसक्नुभएको तथा बाँकी ३० सांसदले बोल्न बाँकी छ रहेको पनि उहाँले त्यस अवसरमा बताउँनु भएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।