शुक्रबार, जेष्ठ ४, २०८१

लामाको डुब डुबमा देखियो रक्षाको जवानी

काठमाडौ भाद्र ७,  भद्रगोलमा अभिनय गरेर चर्चामा आएकी रक्षा श्रेष्ठ म्युजिक भिडियोमा ब्यस्त हुन थालेकी छिन् । प्रमोद खरेलको आवाजमा रहेको हर रात गीतको चर्चा सेलाउन नपाउदै उनी गायक प्रदिप लामाको आवाज रहेको डुब Music Video - Duba Duba - Pradip lama - feat Rakshya Shrestha bhadragol and dipak lama - Direction - nava dhungel - artistnepal production 2डुब गीतको भिडियोमा उनी अर्का चर्चित मोडेल दिपक लामासँग देखिएकी हुन ।
गीतमा उत्कृष्ट शब्द र संगीत संयोजन गायक प्रदिप आँफैले गरेका छन । आर्टिस्टनेपाल प्रोडक्सनको ब्यानरमा नव ढुङेलले यस् गीतको भिडियो निर्देशन गरेका हुन । गीतको रोमान्टिक दृश्यहरु सिनेम्याटोग्राफर अमृत सुनुवारले कैद गरेका हुन भने माधव बेल्बासेले सम्पादन गरेका हुन । भिडियोमा पोखराको फेवाताल र पावर हाउश लगायतका सुन्दर दृश्यहरु देख्न पाइन्छ ।
शास्त्रीय संगीतमा करिब आधा दशक निरन्तर साधनारत गायक लामाको पहिलो एल्बम जर्नी अफ लभमा समावेश गरिएको यो गीतमा आधुनिक, पप, क्लासिकल र तामाङ्ग शेलोको समेत फ्युजन पाइन्छ । उनको एल्बम लाई आर्टिस्ट नेपालले बजारमा ल्याउने तयारी गर्दैछ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

August 2016
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031