शुक्रबार, जेष्ठ ४, २०८१

अव खाडीराष्ट्रमा पनि नेपाली चलचित्र

काठमाडौं आश्विन २२, नेपाली चलचित्रको बजार बिस्तारलाई फराकिलो हुन थालेको छ । युएईका लागि कन्सेप्ट भिजन फिल्म प्राडक्शन एण्ड डिष्ट्रिव्युटर्स र युएईको स्थानीय डिष्ट्रिव्युटर्ससँग सहकार्य गरी नेपाली चलचित्रलाई वैधानिक रुपमा नियमित प्रदर्शन हुन लागेको हो । नेपालमा रहेका सिमित हल र नेपालीहरु माझ मात्र खुम्चिरहेको चलचित्रको प्रर्दशनले प्राबिधिक रुपम 14551034_1239885386032076_1486679971_oआफ्नो बिकाश गर्दै प्रर्दशनको क्षेत्रलाई पनि बिस्तार गर्न सक्नु समग्र कलाकार, प्राबिधिक र चलचित्र संग आबद्धता जनाउनेहरुका लागी खुशी र प्रशन्नताको कुरा भएको खाडी राष्ट्रका लागि नेपाली चलचित्रका वितरक सालिक सुबेदी बताएका छन ।
देश बाहिर नेपालीको संख्या धेरै भएको खाडी मुलुकमा छ । प्रवासमा आफ्नो कला सांस्कृति र साहित्य तर्फ चासो राख्ने गर्दछन । नेपाली चलचित्र पनि स्थरिय रुपमा निमाण हुन् थालेकोले नेपाली चलचित्रलाई यस क्षेत्रमा नियमित पर्दशनी पछि नेपाली कला सस्कृतिको प्रबन्धन बढाएर उजागर हुने कन्सेप्ट भिजन फिल्म प्रोडक्शनका राजन अधिकारीले बताए ।

 यसक्रममा  अक्टोबर १४ तारिक पहिलोपटक चाम्स इन्टरटेन्टमेन्टको प्रस्तुतिमा बनेको वीरबिक्रम नामक फिल्म पहिलो प्रस्तुतिको रुपमा प्रदर्शन गरिएको थियो ।    नेपाली फिल्म युएई लगायत कतार, बहराईन र ओमनमा एकै साथ प्रदर्शन हुनेछ । चलचित्र वितरक राजन अधिकारीले अक्टोबर १४ तारिक युएईसँगै कतार, बहराइन र ओमनमा एकै साथ प्रदर्शन गर्नु उदेश्य ब्यासाहिक भएता पनि हामीले नेपाली चलचित्रको नयाँ बजारको खोजी र विदेशमा रहेका नेपालीहरुलाई सांस्कृतिक रुपमा जोड्ने प्रयास गरेका बताएका छन ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

October 2016
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930