शनिबार, जेष्ठ ५, २०८१

तरकारीवाली श्रेष्ठका वारे युवा गायक श्रेष्ठले यसरी गरे वयान

काठमाडौं मार्ग १२ , किर्तिपुरका रुपचन्द्र महर्जनले झोलुङ्गेपुलबाट तरकारी बोकेर आउँदै गरेको र बजारमा मोबाइलमा कुरा गर्दै गरेको फोटो खिचेर फेसबुकमा अपलोड गरेपछि एकाएक उक्त फोटो भाइरल हुँदै सोसल मिडियामाबाट चर्चित बनेकी तरकारीवाली अर्थात कुसुम श्रेष्ठ को दैनिकी तीन दिनयता फेरिएको छ । कुसुमको आजभोलीको दिनचर्या भनेकौनै बधाइ लिने र पत्रकारलाई अन्तर्वार्ता दिन भ्याइनभ्याइ रहेको छ ।

यसैक्रममा युवा गायक विकास श्रेष्ठले समेत उनै कुसुमलाइ केन्द्रीत गर्दै आफ्नै शव्द र संगीत सहितको सुमधुर आवाजमा म्युजिक भिडियो समेत बनाउँन सफल भएका छन । गायक श्रेष्ठद्दारा तयार गरिएको उक्त अडियो सहितको भिडियोमा तरकालीवाली कुसुमको सफताको बयान गरिएको छ । मिठो मुस्कान नम्रवोली छायछौं संसारभरी वोलको गित   यूट्यूवमार्फत   Nov 14, 2016 मा सार्वजनिक  भएपछि हालसम्म २१ हजार ३सय ७ जनाले हेरिसकेका छन भने यो क्रम अझ बढ्दै छ ।