शुक्रबार, जेष्ठ ४, २०८१

सरकारको कामलाइ प्रभावकारी बनाउन संयन्त्र गठन

काठमाडौ भाद्र ४, सत्तारुढदल नेकपा माओवादी केन्द्र ले सरकार सञ्चालनका लागि सहयोग संयन्त्र गठन गरेको छ । पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहालको निजी निवास लाजिम्पाटमा आज बसेको केन्द्रीय कार्यालयको बैठकले नेता नारायणकाजी श्रेष्ठको संयोजकत्वमा ११ सदस्यीय सरकार सञ्चालन सहयोग संयन्त्र गठन गरेको हो । त्यस्तै Prachanda_Niwasसमितिमा आवश्यकता अनुरुप सदस्य थप गर्न सक्ने विकल्प समेत खुला राखेको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।
समाचारमा उल्लेख भएअनुसार मुलत संयन्त्रको कार्यादेश भने सरकारको कारबाहीलाई प्रभावकारी बनाउन आवश्यक सुझाव तथा सल्लाह दिनु रहेको बताईएको छ ।

यस्तै बैठकले नेता रामबहादुर थापाको नेतृत्वमा रहेको पार्टीको सङ्गठन विभाग पुनःगठन गरेको छ । पुनःगठित विभागमा ७ वटा प्रदेशका इन्चार्ज सदस्यलाइ सदस्यको रुपमा थप गर्दै १३ सदस्यीय बनाइएको अलावा अन्तर्राष्ट्रिय विभागका सदस्य समेत थप गरिएको छ । त्यसैगरी रि१m रहेको प्रदेश नं १ र प्रदेश नं ६ को इन्चार्जको जिम्मेवारी क्रमस गोपाल किराती र शक्ति बस्नेतलाई दिइएको पार्टी प्रवक्ता फम्फा भुसारललाइ उदृत गर्दै प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

August 2016
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031