आइतवार, जेष्ठ ६, २०८१

आज श्रावण शुक्ल पूर्णिमा,देशभर ऋषितर्पणी जनैपूर्णिमा पर्व मनाइँदै

येन बद्धो बली राजा दानवेन्द्रो महाबलः, तेन मन्त्रेण बहनामि रक्षे मा चल मा चल ।।

काठमाडौं भाद्र २  आज श्रावण शुक्ल पूर्णिमा अर्थात जनैपूर्णिमाको अवसरमा आत्माको शुद्धीकरण र शरीरको रक्षाका लागि ब्राह्मण पुरोहितको हातबाट नाडीमा रक्षाबन्धन बाँध्दै जनैपूर्णिमा पर्व मनाइदैछ । प्रत्येक वर्षको श्रावण शुक्ल event photography MG_0844_sjh_road_photography_janaipurni-copy-e1407643683841 event photographyपूर्णिमाका अवसरमा यो पर्व मनाउने प्रचलन रहिआएको छ ।  शास्त्रीय मान्यताअनुसार आजको दिन विशेषगरी तागाधारी (ब्राह्मण, क्षेत्री, वैश्य) वर्गले स्नान गरी सप्तऋषि सहित ब्रह्मा विष्णु महेश्वरको पूजा सहित जनै मन्तरेर त्यसलाई धारण गर्ने प्रचलन रहि आएको छ ।

त्यसो त तागाधारीले कश्यप, अत्रि, भारद्वाज, गौतम, जमदग्नि, विश्वामित्र र अरुन्धतीसहित सप्तऋषिलाई तर्पण दिने भएकाले जनैपूर्णिमालाई ऋषि तर्पणी पनि भन्ने गरिएको छ । आजको दिन मानव रक्षाका लागि जप, तप र पूजा गरी मन्त्रिएको रक्षाबन्धन अर्थात् डोरो वैदिक परम्पराको मन्त्रोच्चारण गर्दै ब्राह्मण पुरोहितहरुले यजमानको नाडीमा बाँधिदिने गरिन्छ ।  त्यसैगरि आजको दिन विशेषत ललितपुरका कुम्भेश्वर, रसुवाको गोसाइँकुण्ड, लगायतका धार्मिक क्षेत्रमा ठूलो मेलासमेत लाग्ने गर्दछ भने तराई क्षेत्रमा दिदी बहिनीले आफ्ना दाजुभाइको नाडीमा दीर्घायु तथा सुस्वास्थ्यको कामना गर्दै राखी बाँध्ने चलन रहेकामा पछिल्ला वर्षमा पहाडी क्षेत्रमा पनि राखी बाँध्न थालिएको छ ।

नेवारी समुदायले भने श्रावण शुक्ल पूर्णिमालाई गुँपुन्ही भनी मनाउने गर्दछन् । विशेषगरी क्वाँटी खाने परम्परा नेवारी समुदायको यसै पर्वबाट आएको हो भन्ने तर्क पनि एकथरि संस्कृतिविद्को छ । आजका दिन नेवारी समुदायका मानिसले घण्टाकर्ण राक्षसलाई समाप्त पार्न योगदान गरी मानवीयतालाई बचाउन सहयोग गरेको विश्वासमा भ्यागुतालाई पूजा गर्छन् । बौद्ध दर्शनलाई अँगाल्ने बौद्ध धर्मावलम्बीले भने आजको दिनलाई भगवान् गौतमबुद्धले कामशक्तिमाथि विजय प्राप्त गरेको सम्झनाको दिनका रुपमा मनाउने गर्दछन् । बौद्ध धर्मग्रन्थ ललितविस्तरमा यससम्बन्धी विस्तृत रुपमा व्याख्या गरिएको छ । यसैका कारण आज स्वयम्भूमा पनि विशेष मेला लाग्ने गर्दछ ।

जनैपूर्णिमाको प्रसंगमा प्राप्त धार्मिक आख्यान यस्तो छ स्पौराणिक कथाको अनुसार देवराज इन्द्र र दैत्यराज वृत मध्य १२ वर्षसम्म भयकंर युद्ध चलेको थियो । यस युद्धमा असुरहरुले देवताहरुमाथि विजय प्राप्त गरेका थिए । पराजित देवगण धर्म एवं संस्कार विहीन भएर जीवनयापन गर्न लागे । यसरी गौरवहीन जीवनदेखि देवराज इन्द्र बांच्नु भन्दा मर्नु नै श्रेयस्कर सम्झेर असुरसंग अन्तिम युद्ध गर्ने संकल्प लिनुहुन्छ । त्यो दिन श्रावण शुक्ल चतुर्दशीको दिन थियो । अतः देवगुरु वृहस्पतिले अघिल्लो दिन इन्द्रको कल्याण एवं विजय कामना होस् भनी रक्षाको विधान श्रावण मासको पूर्णिमाको शुभ मूहूर्तमा इन्द्रलाई रक्षाको बन्धन बांध्दै निम्न मन्त्र वाचन गरेका थिए ।  येन बद्धो बली राजा दानवेन्द्रो महाबलः, तेन मन्त्रेण बहनामि रक्षे मा चल मा चल ।।

तत्पश्चात् इन्द्राणीले इन्द्रको दाहिने हातमा रक्षासूत्र बांध्नुहुन्छ । त्यो कुन रक्षासूत्र थियो त रु जुन रक्षासूत्र बांध्नाले देवराज इन्द्र विजयी बने । वास्तवमा त्यो पवित्रताको रक्षासूत्र थियो । जसको भावार्थ यही हो कि यदि मानिसले आफ्नो आसुरी वृतिहरुमाथि विजय प्राप्त गर्न चाहन्छ भने आफ्ना धर्मपत्नीसंग पनि रक्षासूत्र अवश्य बांध्नु पर्दछ । मन, वचन र कर्मलाई पवित्र बनाउनु पर्दछ । एक अन्य शास्त्र कथा अनुसार जब यमदूतले आफ्नो बहिनी यमुनासंग राखी बांध्ने समयमा भनेको हुन्छ कि जसले यस पवित्रताको राखी बांध्दछ उ यमदूतको भयबाट मुक्त हुन सक्दछ ।