मङ्लबार, जेष्ठ १, २०८१

पेसागत महासङ्घको अध्यक्षमा प्याकुरेल, ३१ बुँदे समसामयिक प्रस्तावहरु पारित

काठमाडौं आषाढ ६ , ‘स्वाधीन अर्थतन्त्र र समृद्ध जीवनको लागि गुणस्तरीय सेवा र जिम्मेवार ट्रेड युनियन’ भन्ने मूल नाराका साथ पेसागत महासङ्घ नेपालको सम्पन्न छैठौँ राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा प्याकुरेल विश्वनाथ प्याकुरेल ३सय ७१ मत प्राप्त गर्दै विजयी हुनुभएको छ ।गत आषाढ ३ गते शुक्रबार प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्नुभएको छैठौँ राष्ट्रिय महाधिवेशन आषाढ ५ गते सम्पन्न भएको हो । उद्घाटनसत्रलाइ सम्बोधन गर्दै प्रधानमन्त्रीले मुलुक निर्माणमा पेसाकर्मीहरुको महत्वपूर्ण भूमिका रहेकोले मुलुकमा संविधान बनिसकेको विद्यमान अवस्थामा देश विकासमा लाग्नुको विकल्प नरहेको बताउँदै उहाँले देश अब विगतको जस्तो द्वन्द्वमा नफर्कने समेत बताउनुभएको थियो ।  आगामी चार वर्षको लागि महासङ्घको नयाँ नेतृत्व चयन गर्न निर्वाचन कार्यक्रम सम्पन्न भयो । आषाढ ४ गते सम्पन्न निर्वाचनको परिणाम निर्वाचन समितिले आषाढ ५ गते घोषणा गर्दै अध्यक्षमा विश्वनाथ प्याकुरेल विजयी भएको घोषणा गर्नु भएको हो । महासङ्घका निर्वार्चित पदाधिकारीसहित ६८ नयाँ कार्यसमितिमा वरिष्ठ उपाध्यक्षमा प्रमेलकुमार खनाल, उपाध्यक्षमा लालबहादुर पाख्रिन, उदया शर्मा, योगेन्द्र यादव, कृष्णमान श्रेष्ठ, गम्भीरलाल श्रेष्ठ, शङ्कर सुवेदी, दीपकराज सुवेदी र दीपक सुवेदी रहनुभएको छ ।

त्यस्तै, महासचिवमा विष्णु लामिछाने, उपमहासचिवमा पुर्णा जोशी, सन्तोषकुमार सिंह, गगनसिंह विष्ट, किशोरकुमार नेपाली, रामप्रसाद रिमाल निर्वाचित हुनुभएको हो । सचिवमा सीताकुमारी ओझा, भक्तराज पोखरेल, नारायणकुमार मास्के निर्वाचित हुनुभएको छ । कोषाध्यक्षमा श्यामप्रसाद पाण्डे र सहकोषाध्यक्ष भोलानाथ उपाध्याय विजयी हुनुभएको छ ।  सभामुख हिरा नेपाल, उपसभामुख मोहनकुमारी शाह, लेखासंयोजक टङ्कप्रसाद पाण्डे, लेखा सदस्य राधिका ढकाल, लेखा सदस्य लक्ष्मणप्रसाद बजगार्इं निर्वाचित हुनुहुन्छ ।

सदस्यमा जितबहादुर महत, अमर पौडेल, छवीन्द्र बेलवासे, चक्रपाणि आचार्य, कृष्णचन्द्र उप्रेती, रामशरण बोहरा, लिलिपकुमार भट्टराई, जानुका गुरागार्इं, यमुना पौडेल, रम्भा पौडेल, राधालक्ष्मी खरेल, रिता श्रेष्ठ, सम्झना बुढा निर्वाचित हुनुभएको छ । त्यस्तै गरि हेमलता धिताल, Captureहरिकृष्ण दाहाल, राजकुमार गिरी, केशवकुमारी खत्री कार्की, विक्रम भण्डारी, अशेष लम्साल, टिना सुवेदी, ईश्वरीप्रसाद सुवेदी, विनोद मिश्र, उर्मिला खनाल, देवीप्रसाद बस्याल, विष्णु आचार्य, लोचना अधिकारी, टेकेन्द्र घर्तीमगर, लोकनाथ ज्ञवाली, लक्ष्मी ढुङ्गाना, यज्ञबहादुर रेग्मी, मनिराज बराल, विष्णुमाया भाम, जहरसिंह थापा, शान्तराज जोशी, गङ्गा बोगटी, माला गौतम, हरिदेव यादव, रेखाकुमारी सिंह, खगेन्द्र राई, रणबहादुर घर्तीमगर, हरिश्चन्द्र विक, देवीकृष्ण चौलागार्इं निर्वाचित हुनुभएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

Press Release -new national committee-1यसैवीच छैठौं राष्ट्रिय महाधिवेशनले ३१ बुँदे समसामयिक प्रस्तावहरु पारित  गर्दै संबिधानसभाको ९० प्रतिशतभन्दा बढी मतद्धारा २०७२ आश्विन ३ गते जारी भएको समाजवादमुखी नेपालको संबिधानको हार्दिक स्वागत गर्दछ । साथै, मधेश केन्द्रीत दल लगायत विभिन्न क्षेत्र वर्ग र समुदायका माग र आन्दोलनलाई सार्थक वार्ता र सम्वादका माध्यमबाट हल गर्न आव्हान गर्दै नयाँ संबिधानले परिकल्पना गरे बमोजिम आर्थिक विकास सहितको समुन्नत नेपाल निर्माणको महाअभियानमा सामेल हुन आम श्रमिकहरुलाई आव्हान र संबिधानमा नसमेटिएका निम्न विषयहरु संशोधनमार्फत संबिधानमा सामेल गराउन जोडदार माग गरेको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

June 2016
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031