बिहिबार, चैत्र १५, २०८०

मधेसवादी दलद्वारा सदन बहिष्कार, वार्ताको नाममा पत्राचार मात्र गरेको आरोप

संसद्को बैठक  आधा घन्टाका लागि स्थगित

काठमाडौ आषाढ ६, आज पनि व्यवस्थापिका–संसद्को आजको बैठक पनि मधेस केन्द्रित दलहरुले बहिष्कार गरेका छन् । लामो समयदेखि जारी आन्दोलनको सुनुवाइ नभएको भन्दै मधेस केन्द्रित दलका तर्फबाट सद्भावना पार्टीका सांसद लक्ष्मणलाल कर्णले बैठकको CA_20141009085850-2 (1)सुभारम्भमै सरकारले वार्ताको नाममा पत्राचार मात्र गरेको आरोप लगाउँदै संविधानमा भएको असन्तुष्टिलाई सम्बोधन नगरेसम्म आन्दोलन जारी रहने चेतावनी दिदै बेठक बहिष्कार गरको हो ।
त्यस्तै सांसद कर्णले आन्दोलनरत दललाई सहमति ल्याएर समस्या समाधान गर्न सरकार गम्भीर हुनुपर्नेमा योवा त्यो बहानामा मधेस केन्द्रित दलको मागलाइ उपेक्षा गरेको बताउँनु भएको थियो ।

यसैवीच आजको बैठकमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले “विनियोजन विधयेक–२०७३ अन्तर्गत विभिन्न मन्त्रालयको शीर्षकमाथिको छलफल प्रारम्भ गरियोस् भन्दै प्रस्ताव प्रस्तुत गरेलगत्तै प्रमुख विपक्षी दल नेपाली काँग्रेसका सांसदहरुको बजेटको जिल्लागत विवरण प्राप्त नभएको भन्दै जिल्लागत विवरण मागगरेपछि व्यवस्थापिका –संसद्को बैठक आधा घन्टाका लागि स्थगित गरिएको छ ।
बैठकमा काँग्रेस सांसद रामहरि खतिवडाले छलफलमा भाग लिदै विवरण किताब प्राप्त भभएसम्मका लागि कारबाही अगाडि नबढाउन सभामुखसँग आग्रह गर्नुभएपछि काँग्रेसका सांसद उठेर विरोध गरेका थिए । त्यसलगत्तै काँग्रेसका प्रमुख सचेतक चीनकाजी श्रेष्ठले आधा÷एक घन्टाका लागि भए पनि बैठक स्थगित गरेरमात्र छलफल अघि बढाउन आग्रह गर्नुभएपछि सभामुख घतीले बैठक आधा घन्टाका लागि स्थगित भएको घोषणा गर्नुभएको थियो ।