आइतवार, बैशाख २३, २०८१

भ्रष्टाचारीलाइ कारवाहीको माग गर्दै अख्तियारका प्रमुखलाइ १६ बुँदे ध्यानाकर्षण सहितको ज्ञापन

मुलुकमा बढ्दो भ्रष्टाचार विरुद्ध देशभक्त लोकतान्त्रिक मोर्चा आन्दोलनात्मक अभियानमा 

काठमाडौं चैत्र ७ , भ्रष्टाचार विरुद्धको आन्दोलनमा विगत लामो समयदेखि सर्घषरत मनमोहन शमशेर राणा नेतृत्वको देशभक्त लोकतान्त्रिक मोर्चाका भातृसंङगठन देशभक्त लोकतान्त्रिक मजदुरशक्तिले आज मुलुकमा बढदो भ्रष्टाचार, कालाबजारी र महङगी प्रति anup_20160320_82 anup_20160320_68 anup_20160320_67सरकार र सरोकारवाला निकायको ध्यानाकर्षण गराएको छ ।
मुलुकमा नयाँ संविधान जारी भएयता कहिले छिमेकी मुलुकमा भारतले गरेको अघोषित नाकाबन्दीको नाममा त कहिले यो वा त्यो बहानामा बढ्दो भष्टाचार र अनियन्त्रित महङगी नियन्त्रण गर्ने पक्षमा सरकारको उदासिनता बढेको भन्दै आज मजदुर शक्तिले तत्काल छानविन सहित कारवाही प्रक्रिया सुरु गर्न माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लाइ १६ बुँदे ध्यानाकर्षण सहितको ज्ञापन पत्र बुझाएको हो ।
लोकतान्त्रिक मोर्चाका अध्यक्ष मनमोहन शमशेर राणाको anup_20160320_66 anup_20160320_61 anup_20160320_58 anup_20160320_28 anup_20160320_23 anup_20160320_16 anup_20160320_10 anup_20160320_1नेतृत्वमा राजधानीको चावहिल चोकबाट विशाल -याली सहित नगरपरिक्रमा गर्दै अख्तियार परिसर पुगेको -यालीले आज बुझाएको ज्ञापनपत्रमा मुलत बढ्दो भष्टाचार ,काला बजारीका कारण मुलुक अग्रगमनमा जानुको अलावा प्रतिगमन उन्मुख भएको त्यस्तै मुलुकमा नयाँ संविधान जारीभएयता सानालाइ ऐन ठूलालाइ चैनको प्रवृति मौलाउँदै गएको गरिव र मजदुर नेपाली जनता दिनानुदिन झन सकसको जिवन जिउन बाध्य हुँदा समेत सरकार मौन रहनु आफैमा आश्र्चयको प्रसंग भएको जिकिर गरिएको छ ।
त्यस्तै सरकारले अख्तियार गरेको राज्य, सरकार र निजीक्षेत्रको तीन खम्वे अर्थनिती भित्रै आर्थिक विचलन जस्ता विकृति र विसंगती हावी हुँदा समेत नियमनकारी निकायको मौनताले थप शंशय पैदा गरेको उल्लेख गरिएको छ । साथै जाती धर्म र क्षेत्रको द्धन्द्धलाइ चर्काउँदै यो वा त्यो बहानामा गरिव र सोझा सिधा नेपालीको भावनामाथि राज गर्न पल्केका भ्रष्टआचरणका धमिराको नष्ट गर्दै राष्ट्रिय स्वाधिनताको रक्षा गर्न तत्काल निष्पक्ष छानविन गर्दै भ्रष्टाचारी समूल अन्त्यको लागि पहल थालियोस भन्ने माग गरिएको छ ।
त्यस्तै ज्ञापन पत्र बुझाउँदै मोर्चाका अध्यक्ष राणाले आफुहरुको तर्फबाट प्रस्तुत माग पुरा गर्ने तर्फ आयोगबाट पहलकदमी लिइने विस्वास व्यक्त गर्नु भएको थियो भने ज्ञापन पत्र बुझ्दै आयोगका उपप्रवक्ताले ज्ञापनपत्रमा उठान गरिएका मागका सवालमा अध्ययन गरि सिघ्रातिसिघ्र छानवीन प्रक्रिया अगाडि बढाइने बताउँनुभएको थियो ।