आइतवार, जेष्ठ ६, २०८१

लैङ्गिक उत्तरदायी मिडिया अवार्डबाट पत्रकारद्दय राई र पौडेल सम्मानीत

काठमाडौं फागुन २ , अन्तर्राष्ट्रिय महिला दिवस, २०१६ को अवसरमा मिडिया एड्भोकेसी ग्रुप (म्याग) र युएन विमनले स्थापना गरेको anup_20160314_6लैङ्गिक उत्तरदायी मिडिया अवार्डबाट सोमवार राजधानीमा एक कार्यक्रमकावीच पत्रकार सइन्द्र राई र फोटो पत्रकार मनोज पौडेललाई
anup_20160314_12
anup_20160314_4anup_20160314_2सम्मानीत गरेको छ । प्रस्तुत पुरस्कार लेखनतर्फ पत्रकार राईको गत पौष ५ गते हिमाल खबर पत्रिकामा प्रकाशित ‘गरिखानेलाई झनै सास्ती’ शीर्षकको स्थलगत रिपोर्ट र आश्विन ४ गते कान्तिपुर दैनिकमा प्रकाशित फोटोको लागि पौडेललाई जनही रु २५ हजारपुरस्कारस्वरुप प्रदान गरिएको हो

सम्मान वितरण कार्यक्रमलाइ सम्बोधन गर्दै सञ्चार मन्त्री शेरधन राईले मुलुकमा जारी नयाँ संविधान महिलामैत्री भएको चर्चा गर्दै जारी संविधानले महिलाका हक, अधिकार र अवसरलाई सुनिश्चित गरेको बताउँनुभएको थियो ।

त्यस्तै गरि नेपाल पत्रकार महासङ्घका अध्यक्ष डा महेन्द्र विष्टले पत्रकारिताको माध्यमले महिला सशक्तीकरण गर्ने पाटो आफैमा सकारात्मक भएको चर्चा गर्नु भएको उक्त कार्यक्रममा प्रेस काउन्सिल नेपालका अध्यक्ष बोर्णबहादुर कार्की ,राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरि बाँस्कोटाले सञ्चारमाध्यममा महिलाको पहुँच अभिवृद्धि गरिनुपर्नेमा जोड दिनुभएको थियो भने म्यागकी अध्यक्ष बबिता बस्नेतलगायतले परिवर्तनको संवाहक महिलाको आर्थिक समृद्धि र लैङ्गिकताका क्षेत्रमा अपानाइनुपर्ने सावधाी एवम् आवश्यकता र औचित्यका सवालमा चर्चा गर्नु भएको थियो ।