आइतवार, बैशाख २३, २०८१

राजधानीको ठमेलस्थित गाःहिटीको पुनःनिर्माण सुरु

काठमाडौ फागुन २९, काठमाडौँ महानगरपालिकाको ८० प्रतिशत र स्थानीयवासीको २० प्रतिशत सहयोगमा गत वैशाख १२ को भूकम्पबाट क्षति भएको धार्मिक एवम् ऐतिहासिक महत्व बोकेको राजधानीको कामपा वडा न२९ स्थित गाःहिटी ढुङ्गेधाराको पुनः निर्माण सुरु गरिएको 12829188_1684346498491528_8211148372387978921_o12828510_1684346191824892_75327329653144047_o10257690_1684346168491561_3837773864086703136_o1097928_1684345895158255_8254733399620558409_oछ । पुरातात्विक महत्वको उक्त ढुङ्गेधारा करिब तीन महिनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ सुरु गरिएको उक्त धाराको जीर्णोद्वार कार्यका लागि झन्डै रु ४६ लाख लाग्ने बताइएको छ ।

आज एक कार्यक्रमका वीच ढुङ्गेधाराको पुनः निर्माण सुभारम्भ गर्दै महानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत रुद्रसिंह तामाङले
पुरातात्विक महत्वको पुनःनिर्माणका लागि दाताको मुख ताकेकै कारण काम कम भएको अवस्थामा स्थानीयको अग्रसरतामा प्रस्तुत पुनःनिर्माणका लागि हामी आफैँ गर्न सक्छौँ भन्ने प्रमाण प्रस्तुत भएको बताउनुभएको थियो । त्यस्तै गाःहिटी पुनःनिर्माण समितिका संयोजक भवि शर्माले आफ्नो ठाउँ आफैँ बनाउने उद्देश्यले पर्यटकीय क्षेत्रको सांस्कृतिक संरचनाको पुनःनिर्माणमा व्यावसायिका तर्फबाट सामाजिक उत्तरदायित्व बहन गरेको जनाउ दिनु भएको थियो ।

धाराको ऐतिहासिक पक्ष :  गाः हिटी कहिले स्थापना भएको हो भन्ने तथ्य÷अभिलेख अहिलेसम्म प्राप्त भएको छैन । तर गोही मुखाकृतिबाट पानी आउने ढुङ्गेधारा लिच्छवीकालीन शैली भएकोले यो धारा पनि लिच्छवीकालमा नै निर्माण भएको अनुमान गर्न सकिन्छ । यससँग सम्बन्धित अर्को तथ्य निनी द्यः अर्थात् फुपू देवता पनि हो । हाल भगवान बहालमा राखिएका दुई महिलाको मूर्ति गाः हिटी र भगवान बहालमा रहेको विक्रमशील महाविहारसँग सम्बन्धित भएको मानिन्छ । मूर्तिका दुई महिलामध्ये एकले तत्कालीन समयमा भूकम्पले भत्किएको विक्रमशील महाविहार पुननिर्माण गरेको र अर्कीले गाः हिटी निर्माण गर्न लगाएको विश्वास छ ।

धाराका अन्य पक्ष :  करीव २ रोपनी क्षेत्रफल ओगटेको गाः हिटीमा ४ वटा ढुङ्गेधारा छन् जसमा नियमित पानी आउँछ । यस धारामा आउने पानीको मुहान कहाँ हो, घना सहरभित्रको धारामा कसरी पानी आइरहन्छ, खोजीकै विषय बनेको छ । अझ चाख लाग्दो विषय त के छ भने, गा हिटी रहेको स्थान काठमाडौंका अग्ला स्थानमध्येमा पर्छ । यति भइकन पनि यस धारामा बाह्रै महिना पानी आइरहन्छ ।

यस अघिको जीर्णोद्धार : गाहिटीलाई कुन कुन समयमा वा अहिलेसम्म कति पटक जीर्णोद्धार गरियो सबै तथ्य पाइएको छैन । पछिल्लो समय २०४१ सालमा तत्कालीन वडाध्यक्ष विश्वम्भरलाल प्रधान र २०५०/२०५१ सालमा तत्कालीन वडाध्यक्ष बर्षाराम भण्डारीको नेतृत्वमा जीर्णेद्धार भएको थियो । २०४१ सालमा तत्कालीन स्थानीय विकास मन्त्रालयको विशेष कार्यक्रम अन्तर्गत करीव ७५ हजार रुपैयाँ खर्च गरेर जीर्णोद्धार गरिएको धारा त्यस लगत्तै परको चट््याङ्ले विगारी दियो । यसले पानीको निकास बन्द भएर धाराभित्र नै पानी जम्मा हुन थाल्यो । वि. सं. २०४९ सालमा स्थानीय निर्वाचन भएपछि वडा २९ बाट वडाध्यक्षमा निर्वाचित बर्षाराम भण्डारीले २०५०÷०५१ सालमा करीव ३ लाख रुपैयाँको लागतमा पानीको निकास खोलेर जीर्णोद्धार गराउनु भएको थियो ।

 अवको जीर्णोद्धार : २०७२ साल बैशाख १२ गतेको भूकम्पका समयमा आसपासका संरचना भत्किएर जीर्ण बनेको गाः हिटीलाई पवूर्ववत् अवस्थामा फर्काउन स्थानीय पर्यटन व्यवसायी भविश्वर शर्माको संयोजकत्वमा स्थानीय तथा पर्यटन व्यवसायी प्रकाश नरसिंह राणा, जफर हुसेन, खेम तिवारी, राजीव पाण्डे लगायत ७ सदस्यीय गाः हिटी जीर्णोद्धार समिति गठन गरिएको छ ।