शनिबार, बैशाख २२, २०८१

पत्रकार महासंघ झापाद्धारा कोइरालाप्रति श्रदाञ्जली

बिर्तामोड माघ २७,  पूर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति सुशील कोइरालाको निधनप्रति नेपाल पत्रकार महासंघ झापा शाखाले fnj new letter pad copyगहिरो दुःख व्यक्त गरेको छ । पत्रकार महासंघ झापाका अध्यक्ष भीम नेम्वाङ र सचिव एकराज गिरीले आज बुधबार शोक वक्तब्य जारी गरी स्वर्गीय कोइरालाप्रति भावपूर्ण श्रद्धाञ्जलि र शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेका छन् । अप्रत्यासित उक्त घटनाले नेपाल पत्रकार महासंघ झापा शाखा स्तब्ध भएको जनाइएको छ ।

शोकका कारण महासंघ केन्द्रको सर्कुलर बमोजिम झापा शाखामा हिजो र आज (मंगलबार र बुधबार) सवै औपचारिक कार्यक्रमहरू सञ्चालन नगर्ने गरी स्थगित गरिएको पनि वक्तब्यमा जनाइएको छ । कोइराला नेपालमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा सदा सर्वदा दृढ नेता रहेको चर्चा गर्दै पत्रकार महासंघ झापाद्धारा जारी वक्तब्यमा भनिएको छ–‘नेपालको प्रजातान्त्रिक आन्दोलन र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा उहाँले प्रकट गर्नुभएको निष्ठा र सक्रिय योगदानको उच्च सम्मान गर्दछौं ।’

२०१० सालदेखि नै राजनीतिमा सक्रिय कोइरालाले पटकपटक जेलनेल र प्रवासमा रहेर पनि अविचलित रुपमा प्रजातन्त्रको स्थापना र मुलुकको परिवर्तनका निम्ति योगदान दिएको चर्चा गर्दै वक्तब्यमाअगाडि भनिएको छ –‘नेपालको प्रजातान्त्रिक आन्दोलनका अथक योद्धा कोइरालाले तत्कालीन प्रधानमन्त्रीको हैसियतमा संविधानसभाबाट नयाँ संविधान जारी गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो ।’