बिहिबार, बैशाख २०, २०८१

पत्रकार महासंघ स्तब्ध

काठमाडौं माघ २६, नेपाल पत्रकार महासंघले पूर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति सुशील कोइरालाको गए राति भएको निधनको खवरले महासंघ स्तब्ध भएको जनाएको छ ।
महासंघका अध्यक्ष डा महेन्द्र विष्टद्दारा जारी प्रेस विज्ञप्तिमा तत्कालीन प्रधानमन्त्रीको हैसियतमा संविधानसभाबाट नयाँ संविधान जारी गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएका कोइराला नेपालको प्रजातान्त्रिक आन्दोलनका अथक योद्धा भएको उल्लेख गरिएको छ ।
shok release 26 magh x PM sushil koiralaत्यस्तै २०१० सालदेखि नै राजनीतिमा सक्रिय कोइरालाले पटकपटक जेलनेल र प्रवासमा रहेर पनि अविचलित रुपमा प्रजातन्त्रको स्थापना र मुलुकको परिवर्तनका निम्ति योगदान दिइरहनुभयो । उहाँ नेपालमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा सदा सर्वदा दृढ रहनुभएको उलल्ेख गर्दै नेपालको प्रजातान्त्रिक आन्दोलन र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा उहाँले प्रकट गर्नुभएको निष्ठा र सक्रिय योगदानको उच्च सम्मान गर्दै नेपाल पत्रकार महासंघ स्वर्गीय कोइरालाप्रति भावपूर्ण श्रद्धाञ्जलि व्यक्त गर्दछ र शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेको छ ।
साथै, शोकको यस घडीमा महासंघका शाखाहरूमा जारी रहेको साधारण सभालगायत केन्द्र र स्थानीय तहका सवै औपचारिक कार्यक्रमहरू २७ गतेसम्म सञ्चालन नगर्ने गरी स्थगित गर्न पनि महासंघले सम्बद्ध अनुरोध गरेको छ ।