शुक्रबार, बैशाख २१, २०८१

डा. महत ‘विश्वकै उत्कृष्ट अर्थमन्त्री’

काठमाडौं पौष २१ नेपाली कांग्रेसका नेता तथा पूर्वअर्थमन्त्री डा। रामशरण महत ‘विश्वकै उत्कृष्ट अर्थमन्त्री’का रुपमा सम्मानित भएका छन् । बेलायतको प्रख्यात म्यागेजिन ‘दी ब्यांकर म्यागेजिन’ले आफ्नो सन् २०१६ को अंकमा अर्थमन्त्री महतलाई सन् २०१५ को विश्वकै उत्कृष्ट  अर्थमन्त्रीको रुपमा सम्मानित गरेको हो। गत वैशाख १२ मा गएको भूकम्पपछि उत्पन्न चुनौती परिभाषित गरी अर्थतन्त्रको बचाउका लागि पूर्वअर्थमन्त्री डा महतले खेलेको भूमिकाका लागि उनलाई सो पुरस्कार प्रदान गरिएको ‘द बैंकर’ले जनाएको छ।

आफ्नो ९०औँ वार्षिकोत्सवका अवसरमा विश्वभरका बैंकर तथा अर्थशास्त्रीबीच सर्भेक्षण गरी ‘दि बैंकर’ले डा महतलाई एसिया प्रशान्त क्षेत्रका मुलुकमध्ये उत्कृष्ट अर्थमन्त्री र समग्र विश्वमा पनि उत्कृष्ट अर्थमन्त्री घोषणा गरेको बैंकरका एसिया सम्पादक स्टेफानिया पाल्माले जानकारी दिएका छन्।   वैशाख १२ विनाशकारी भूकम्पपछिको विपद्‍ व्यवस्थापन, उद्धार तथा पुनरस्थापन अभियानमा अर्थमन्त्रीका रुपमा उनले निर्वाह गरेको भूमिका उदाहरणीय रहेको उल्लेख गर्दै महतलाई विश्वकै उत्कृष्ट अर्थमन्त्रीका रुपमा चुनिएको ‘दी ब्यांकर म्यागेजिन’ सन् २०१६ को पहिलो अंकमा उल्लेख छ।

भूकम्पपछिको पुननिर्माणमा सहयोग जुटाउन सरकारले आयोजना गरेको दाता सम्मेलनको समन्वय र साढे ४ खर्बभन्दा बढी सहयोग जुटाउन पनि उनले नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए। भूकम्पछि वैकिंङ कानुनमा सकारात्मक परिवर्तन गरेर युवाहरुलाई सहजरुपमा ऋण लिन सक्ने वातावरण मिलाएको श्रेय पनि महतलाई दिइएको छ। बैंकरले १४ वर्षदेखि उत्कृष्ट अर्थमन्त्री र उत्कृष्ट गभर्नर पुरस्कार प्रदान गर्दै आएको छ। बैंकरका अनुसार डा महत एसिया प्रशान्त क्षेत्र र विश्वस्तरमै उत्कृष्ट अर्थमन्त्री पुरस्कार पाउने दक्षिण एसियामै पहिलो हुन् । को परिवर्तनपछि पटकपटक मन्त्री अर्थमन्त्री भइसकेका छन्। मुलुकलाई आर्थिक उदारीकरणको युगमा प्रवेश गराउन महतको महत्वपूर्ण भूमिका छ। अन्नपूर्णपोष्टबाट

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

January 2015
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031