आइतवार, जेष्ठ ६, २०८१

प्राकृतिक विपद् एवम् द्वन्द्व पत्रकारिता तालिम सम्पन्न

ललितपुर आषाढ १९,  नेपाल पत्रकार महासङ्घ ललितपुरको संयोजनमा प्राकृतिक विपद् एवम् द्वन्द्वको समयमा पत्रकारहरूले निर्वाह गर्नु भूमिकाका जानकारी सहित विभिन्न सञ्चारमाध्यममा क्रियाशील ३० जना पत्रकारहरूलाई एक दिने प्रशिक्षण दिइएको छ । स्थानीय शान्ति समितिको आयोजना सम्पन्न उक्त kantipur logoतालिममा विशेषगरि प्राकृतिक विपद् एवम् द्वन्द्वको समयमा पत्रकारहरूले खेल्ने भूमिकाका बारेमा प्रशिक्षण दिइएको थियो ।

तलिम समापन कार्यक्रममा नेपाल पत्रकार महासङ्घकी सचिव सङ्गीता खड्का महासङ्घ ललितपुरका अध्यक्ष लेखनाथ न्यौपाने लगायतले पत्रकारलाई प्रदान गरिने यस्ता तालिमले उनीहरूको दक्षता एवम् क्षमता अभिवृद्धि हुने बताउनुभएको थियो भने सहभागी प्रशिक्षार्थीलाई महासङ्घका पूर्व अध्यक्ष शिव गाउँले र उपाध्यक्ष गोविन्द आचार्यले प्रशिक्षण दिनुभएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।