मङ्लबार, बैशाख ११, २०८१

नेपालको राष्ट्रियता र स्वतन्त्रतामाथि हस्तक्षेप गर्दै अभिव्यक्ति दिने जोन जिङलाई कारवाहीको माग

काठमाडौं आषाढ १८, संयुक्त राष्ट्रसंघअन्र्तगत मानवीय मामिला संयोजन प्रमुख जोन जिङले भूकम्पपीडितलाई अखाद्य वस्तु वितरण गरेको विषयमा नेपाली सञ्चारमाध्यमद्वारा प्रकाशित/ प्रशारित समाचारलाई लिएर दिएको अभिव्यक्तिप्रति नेपाल पत्रकार महासंघले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाउँदै release 18 asarउनको अभिव्यक्ति प्रति निन्दा र भत्र्सना गरेको छ ।
महासंघका महासचिव उजिर मगरद्दारा जारी विज्ञप्तिमा कुहिएका चामलको तस्वीर, भिडियो सहित प्रकाशित÷प्रसारित समाचारलाई लिएर जोनले नेपाली सञ्चारजगतलाई ‘ननसेन्स’ शब्दसमेत प्रयोग गरी कूटनीतिक मर्यादा विपरित आक्षेप लगाउनु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको हनन् मात्रै नभई यो नेपाली राष्ट्रियता र स्वाधिनतामाथिको ठाडो हस्तक्षेप हो ।

राष्ट्रसंघ भनेको नेपाल पनि हो । एक कर्मचारीले नेपालको राष्ट्रियता र स्वतन्त्रतामाथि हस्तक्षेप गर्दै सहयोग फिर्ता लैजाने जस्ता धम्कीयुक्त अभिव्यक्ति दिने कर्मचारीमाथि तत्काल कारबाही गर्न राष्ट्रसंघसँग महासंघले जोड्दार माग गरेको छ ।

साथै विज्ञप्तिमा नेपाल सरकारका निकाय, राष्ट्रिय मानव अधिकार आयोग, व्यवस्थापिका संसद्को अनुगमन समितिले समेत विश्व खाद्य कार्यक्रम (डब्लुएफपी)बाट अखाद्य चामल, दाल वितरण र अनियमितता भएको भनि कारवाही अघि बढाउने भनिरहेको बेला नेपाल सरकारले पनि जोनको अभिव्यक्तिप्रति गम्भीर प्रतिक्रिया जनाई कार्वाही प्रक्रिया अघि बढाउन समेत महासंघले माग गरेको छ।