आइतवार, जेष्ठ ६, २०८१

श्रीकुमारीको दर्शनका लागि सर्वसाधारणलाई खुला

काठमाडौ आषाढ १७, गत वैशाख १२ गते आएको महाभूकम्प तथा त्यसपछिका श्रृखलावद्ध पराकम्पनका कारण सर्वसाधारणलाई प्रवेशमा रोक लगाइएको Kumari-Gharवसन्तपुरस्थित जीवित देवी कुमारीको दर्शन सर्वसाधारणलाई आजदेखि पुनः खुला गरिएको छ । इन्द्रजात्रा व्यवस्थापन समितिका अध्यक्ष एवम् कुमारी घरका हर्ताकर्ता गौतम शाक्यले बिहान ७ देखि ९ बजेसम्म तथा साँझ ४ देखि ६ बजेसम्म त्यहाँ आउने भक्तजनलाई औपचारिकरूपमा दर्शनको व्यवस्था मिलाइएको बताउँनु भएको छ ।

त्यस्तै हर्ताकर्ता शाक्यका अनुसार महाभूकम्पका कारण कुमारीलाई आँगन चोक नजिकैको भुइँतलाको सुरक्षित स्थानमा राखिएको र भूकम्पको प्रभाव कम हुँदै गएपछि कुमारीलाई यथास्थानमा नै सारिदै कुमारीले आफ्नो आसनमा बसेर भक्तजनलाई दर्शन दिने व्यवस्था गरिएको जानकारी दिनु भएको छ । त्यस्तै महााभूकम्पले कुमारी घरको संरचनामा समेत नराम्रो प्रभाव पारेकाले त्यसलाई चाँडै जीर्णोद्धार गर्नु आवश्यक देखिन्छ । अहिले महानगरपालिकाले कुमारी घरलाई टेका दिएर राखेको छ ।