बुधबार, बैशाख १२, २०८१

संविधानको मस्यौदा सहमति र सम्झौताको दस्तावेज: उपप्रम सिह

काठमाडौ आषाढ १८,  निजी क्षेत्रको छाता सङ्गठन नेपाल उद्योग वाणिज्य महासङ्घको अध्यक्ष पदको निर्वाचन गर्ने प्रयोजनार्थ आज आयोजित विशेष साधारणसभालाई सम्बोधन गर्दै उपप्रधानमन्त्री प्रकाशमान सिंहले विशेष साधारणसभालाई सम्बोधन गर्दै नयाँ संविधानको मस्यौदा राजनीतिक दलहरूबीचका  सहमति, समझदारी र सम्झौताको दस्तावेज भएकाले यसलाई जित र हारको रूपमा हेर्न नहुँने बताउँनु भएको छ । त्यस्तै उपप्रम सिहंले यो अन्तिम मस्यौदा होइन, अझै जनताले दिने रायसुझाव दिने बताउँदै अहिलेनै मेरा कुरा उल्लेख भएन भनेर विरोध गर्नुको कुनै औचित्य नभएको अभिव्यक्ति दिनु भएको छ ।

यसैवीच स्थापनाको ५०औँ वर्ष प्रवेश गर्न लाग्दा महासङ्घका निर्वाचित अध्यक्ष प्रदीपजंग पाण्डे भ्रष्टाचार मुद्दामा मुछिएपछि महासङ्घको खाली रहदै आएको अध्यक्ष पदका लागि यस अघि कार्यवाहक अध्यक्ष पशुपति मुरारका, भास्करराज राजकर्णिकार र भवानी राणाले उम्मेवारी दिनु भएको थियो । तर अध्यक्षका प्रत्याशी भास्करराज राजकर्णिकार र भवानी राणाले उम्मेदवारी फिर्ता लिएपछि नेउवा महासंघको विशेष साधारणसभाले कार्यवाहक अध्यक्ष पशुपति मुरारकालाईनै कार्यकारी अध्यक्षमा आजै सर्वसम्मत निर्वाचित गर्ने कार्यक्रम रहेको छ ।