बिहिबार, बैशाख २०, २०८१

महासङघका सभासद घिमिरेलाई मातृ शोक

काठमाडौं पौष १३ , नेपाल प्रेस युनियनका पूर्व उपाध्यक्ष,तरुण साप्ताहिकका सम्पादक तथा नेपाल पत्रकार महासङघका सभासद विन्दुकान्त घिमिरेको पुजनीय माता fng logo 1ईन्दिरा घिमिरेको ६८ वर्षको उमेरमा पौष १२ गते मस्तिष्घातको उपचारको क्रममा त्रिवि शिक्षण अस्पतालमा त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा निधन भएको छ ।
सभासद घिमिरेलाई परेको मातृ शोकको यस दुःखको घडीमा महासङघले सम्पादक घिमिरे सहित शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दै मृतआत्माको चिरशान्तिको कामना रेको छ । स्वर्गीय घिमिरेका तीन छोरा छन् ।

 शाखाका अध्यक्ष विपेन्द्र कार्कीलाई पितृशोक

यसैगरी महासङघले कारोबार शाखाका अध्यक्ष विपेन्द्र कार्कीलाई पितृशोक परेको छ । उहाँका पिता नृपध्वज कार्कीको ८३ वर्षको उमेरमा पुस ९ गते उपचारको क्रममा त्रिवि शिक्षण अस्पतालमा निधन भएको थियो । श्वास÷प्रश्वासमा समस्या आएपछि दुई साताअघि उहाँलाई अस्पताल भर्ना गरिएको थियो । स्वर्गीय कार्कीका श्रीमती, तीन छोरा र दुई छारी छन् ।  नेपाल पत्रकार महासंघ स्वर्गीय कार्कीेप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै मृतआत्माको चिरशान्तिको कामना गर्दछ । दुःखको यस घडीमा शाखा अध्यक्ष विपेन्द्र कार्कीसहित शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेको महासचिव उजिर मगरद्दारा जारी प्रेस विज्ञप्तिमा उल्लेख रहको छ ।