काठमाडौं श्रावण २, नायक जीवन लुइटेल आइटम गर्ल लक्ष्मी बस्नेतसङग एक डान्सबारमा मस्ती गर्दै गरेको अवस्थामा भेटिएका छन् । साउन २३ गतेबाट सार्वजनिक हुन लागेको चलचित्र ‘शीशा’मा जीवनको यस्तो अवस्थामा भेटिएको हो ।
आर।बी।के।‘शरद’को निर्माण तथा निर्देशनमा तयार भएको चलचित्रको शिर्ष गीत सार्वजनिक गरिएको छ । लक्की सिटौलाको स्वर तथा संगीत रहेको यो गीतको भिडियोलाई कमल राइले कोरियोग्राफी रहेको छ । चलचित्रमा जीवन लुइटेल, निर्मल सेञ्चुरी, उमा बेबी, रागिनी खड्गी, शान्ती गिरी, दीपेश भण्डारीको मुख्य भूमिका छ । यो सिनेमाको अधिकांश दृश्य सिक्किममा छायांकन गरिएको छ । चलचित्रले जीवन शीशा जस्तो हो भन्ने भाव बोकेको प्राप्त समाचरमा उल्लेख गरिएको छ । चलचित्रमा भारतीय फूटबल टिमका पूर्व कप्तान भाइचुङ भूटियाले पनि विशेष भूमिका निर्वाहा गरेको बताइएको छ।