बिहिबार, बैशाख २०, २०८१

पत्रकार महासङ्घ काठमाडौँको मागलाई सम्बोधन गर्ने मन्त्री डा महतको प्रतिवद्धता

काठमाडौँ ज्येष्ठ १९, नेपाल पत्रकार महासङ्घ काठमाडौँले अर्थमन्त्री डा। रामशरण महतलाई आज अपरान्ह ९ बुँदे ज्ञापनपत्र बुझाएको छ । fnjज्ञापनपत्रमा श्रमजीवी पत्रकार ऐन कार्यान्वयन नहुनु, लोककल्याणकारी विज्ञापन छापेवापत आर्थिक वर्ष २०६९र७० को बजेटमा भएको वृद्धि रकम प्राप्त नहुनु, महँगीको अनुपातमा लोककल्याणकारी विज्ञापनको रकम वृद्धि नहुनु, समानुपातिक विज्ञापन नीति बनेको भएपनि कार्यान्वयनमा आउन नसक्नुलगायतका विषयमा मन्त्री महतको ध्यानाकर्षण गराईएको थियो ।

त्यस्तै, द्वन्द्वको समयमा मारिएका र बेपत्ता पारिएका पत्रकारका परिवारलाई रु १० लाख क्षतिपूर्तिको व्यवस्था गरी आश्रित परिवारका छोराछोरीलाई निःशुल्क शिक्षाको व्यवस्था गर्न र अर्थ मन्त्रालयले आर्थिक ऐनमा रु २० लाखभन्दा कम कारोबार गर्नेलाई मूल्य अभिवृद्धि करमा छुट दिने भनिए पनि सार्वजनिक खरिद ऐनमा रु पाँच हजारभन्दा माथिको भुक्तानीमा सो भ्याट लगाउने व्यवस्था भएकाले सो अव्यवहारिक व्यवस्था तत्काल हटाउनसमेत माग गरिएको छ । ज्ञापनपत्र बुझ्दै अर्थमन्त्री डा। महतले त्यस अवसरमा पत्रकार महासङ्घ काठमाडौँले उठाएको मागको सकारात्मक सम्बोधन गर्ने आश्वासन सहितको प्रतिवद्धता व्यक्त गर्नुभएको थियो ।