काठमाडौँ वैशाख ११, जनआन्दोलनका बलमा तत्कालीन संसदवादी सात दल र नेकपा माओवादीबीच बाह्रबुँदे सहमति भएपछि सुरु भएको २०६२/६३ को १९ दिने अभूतपूर्व आन्दोलनबाट मुलुकमा आजकै दिन स्थापना भएको लोकतन्त्रको सम्झना स्वरुप राजधानीको शान्तिवाटीकामा काठमाडौं काँग्रेसले आयोजना गरेको शुभकामना आदानप्रदान एवम् चियापान कार्यक्रमलाइ सम्बोधन गर्दै संविधानसभा तथा संसदीय मामिला मन्त्री नरहरि आचार्य ।
कार्यक्रममा काठमाडौं काँग्रेसका सभापति तथा सभासद् भिमसेनदास प्रधान लगायतका वक्ताहरुले सम्बोधन गर्नु भएको थियो ।