बिहिबार, बैशाख २०, २०८१

बानको अध्यक्षमा झा निर्वाचित

 काठमाडौँ वैशाख १  स्वतन्त्र रेडियोको संस्था ब्रोडकास्टिङ एसोसिएसन अफ नेपाल (बान)को पाँचौराष्ट्रिय महाधिवेशनले रेडियो मिथिलाका प्रबन्ध निर्देशक gopal jha गोपाल झाको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको छ । आइतबार सम्पन्न अधिवेशनले सर्वसम्मतरूपमा नेतृत्व चयन गरेको हो ।

त्यस्तै वरिष्ठ उपाध्यक्षमा कुमार भट्टराई, काठमाडौँ उपत्यका उपाध्यक्षमा कल्पना विसुराल, सुदूरपश्चिम उपाध्यक्षमा गोविन्द रोसियारा, मध्यपश्चिम उपाध्यक्षमा रञ्जिता चौधरी श्रेष्ठ, पश्चिमाञ्चल उपाध्यक्षमा रमेश पौडेल, मध्यमाञ्चल उपाध्यक्षमा भोजराज कँडेल र पूर्वाञ्चल उपाध्यक्षमा कुमार पौडेल निर्वाचित हुनुभएको छ । कार्यसमिति सदस्यमा रमेश बजगाईं, उज्जवल चौलागाईं, चन्द्र न्यौपाने, दुर्गा अधिकारी, नविन राई र बलराम थापा निर्वाचित हुनुभएको प्राप्त समाचारमाउल्लेख गरिएको छ ।