आइतवार, जेष्ठ ६, २०८१

भिओआइपीमा संलग्न दुई बङ्गलादेशी पक्राउ

 काठमाडौँ चैत्र २२, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो( सिआइबी)ले अवैध कल बाइपास गर्ने भिओआइपीमा संलग्न दुई बङ्गलादेशीलाई शुक्रवार call bipassपक्राउ गरेको छ । यसरी पक्राउ पर्नेमा बङ्गलादेश स्थायी घर भई कालिकास्थान बाँसघारी न्युप्लाजा बस्ने ३५ वर्षीय एसएम सहिन कविर र २८ वर्षीय मोहम्मद अलि रहेका छन् । निजहरुले न्युप्लाजामा बालसिंह गुरुङको घर भाडामा लिई त्यहीँबाट अवैध कल भिओआइपी सञ्चालन गर्दै आइरहेका जनाउँदै निजहरुबाट ५२ थान सिमकार्ड, ल्यापटप, इन्भर्टर, रु १२ हजार ४ सय बराबरको रिचार्ज नगरिएको कार्डलगायत सामग्रीका साथ पक्राउ गरिएको ब्युराले जनाएको छ।