मङ्लबार, बैशाख ४, २०८१

नेपाली सेना आशा र भरोसाको पर्यायवाची:प्रधानमन्त्री कोइराला

काठमाडौँ चैत २१,   प्रधानमन्त्री सुशील कोइरालाले राष्ट्रिय सुरक्षाको मेरुदण्डका रुपमा नेपाली सेना जनताको आशा र भरोसाको पर्यायवाचीका रुपमा रहन सफल भएको बताउनुभएको छ । नेपाली सैनिक प्रतिष्ठान खरिपाटी भक्तपुरमा सञ्चालित ५२औँ समूहको अधिकृत क्याडेट तालिम समापन समारोहलाई आज armiSushil-koirala2सम्बोधन गर्दै उहाँले सबै जातजाति र भाषाभाषीलाई समेटेर विवादरहित ढङ्गबाट सेनाको सङ्गठनले काम गर्दै आएको छ भन्नुभयो ।

नेपालको स्वतन्त्रता, राष्ट्रियता, भौगोलिक अखण्डता र सार्वभौमसत्ताको रक्षाका लागि नेपाली सेनाले गहन जिम्मेवारी बहन गर्दै आएको प्रधानमन्त्रीले चर्चा गर्नुभयो । संविधान र कानुनले निर्धारण गरेको परिधिभित्र नागरिक सरकारको मातहतमा सुम्पिएको सबै जिम्मेवारी कुशलतापूर्वक सम्पन्न गर्दै आएको बताउँदै रक्षामन्त्रालयको समेत जिम्मेवारी सम्हाल्नुभएका प्रधानमन्त्री कोइरालाले सेना नेपाली जनताको सुखदुःखमा सहयोगी बन्दै आएको छ भन्नुभयो ।

नेपाली सेनाले राष्ट्रिय सुरक्षाको अतिरिक्त विपद् व्यवस्थापन, स्वास्थ्यसेवा, पूर्वाधार निर्माणलगायतका सामाजिक सेवामा पनि योगदान दिँदै आएको स्मरण गराउँदै प्रधानमन्त्री कोइरालाले संयुक्त राष्ट्रसङ्घको आह्वानमा द्वन्द्वरत मुलुकमा खटिएर विश्व शान्ति कार्यमा पु¥याएको योगदानबाट व्यावसायिक उत्कृष्टताको सबै क्षेत्रबाट प्रशंसा भएको छ भन्नुभयो । समारोहमा प्रधानमन्त्री कोइरालाले ५२आँ} अधिकृत क्याडेट तालिममा सर्वाेत्कृष्ट हुने दीपेन्द्र केसीलाई सोर्ड अफ अनर प्रदान गर्नुभयो । यसपटक तीन जना विदेशीसहित २७६ जनाले उक्त तालिम पूरा गरेका छन् ।

दुई वर्षे समयावधिको उक्त तालिम पूरा गर्नेमा २० महिला समेत गरी केन्या, माल्दिभ्स र नाइजेरियाका तीन विदेशी, २२० नयाँ भर्ना भएका प्रशिक्षार्थी तथा ३३ जना पदिक हुद्धा अधिकृत क्याडेट छन् । उनीहरु आजैबाट सहायक सेनानी भएका छन् । तालिम सकिएलगत्तै उनीहरुलाई आजैबाट नेपाली सेनाका विभिन्न पृतना, गण, गुल्ममा खटाइएको छ । कार्यक्रममा विदेशी मुलुकका सेनाहरुलाई नेपालमा प्रशिक्षण दिने व्यवस्था भएबाट दुई देश र सेनाबीचको सम्बन्धलाई अझ मैत्रीवत तुल्याउन सहयोग पुग्ने नेपाली सेनाका सहप्रवक्ता निरञ्जनकुमार श्रेष्ठले बताउनुभयो । रासस