बिहिबार, जेष्ठ ३, २०८१

बिमा रकमको न्यून परिणाम मात्रै कृषकको पहुँचमा

काठमाडौं माघ ६ ,सरकारले चालु आवमा कृषि तथा पशु बिमाका लागि ११ इन्सुरेन्स कम्पनीमार्फत रु नौ करोड ३१ लाख ४३ हजार बिमाङ्क अभिलेखमा देखिए पनि कृषकको पहुँचमा suchana mantarlayeभने पुग्न नसकेको मन्त्रालयका सहायक प्रवक्ता टेकप्रसाद लुइँटेलले बताउँनु भएको छ । सूचना तथा सञ्चार मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा कृषि विकास मन्त्रालय अन्र्तगत चालु आवमा बिमा रकमका लागि सरकारले रु १३ करोड विनियोजन गरे पनि पशु तथा कृषि बिमाका लागि छुट्टयाएको रकमको न्यून परिणाम मात्रै कृषकको पहुँचमा पुगेको जानकारी दिइएको छ ।

बिमाबापत सरकारले आधा रकम र आधार रकम कृषक समूह र सहकारीले बेहोर्ने व्यवस्था भए पनि प्रचारप्रसार र जनचेतनाका अभावमा लक्षित समूहसम्म नपुगेको मन्त्रालयको जनाएको छ । त्यस्तै युवालाई कृषि क्षेत्रमा आकर्षण गर्ने उद्देश्यका साथ २५ जिल्लामा अभियानात्मक रूपमा कार्यक्रम सञ्चालन गरिने र यसका लागि एक हजार ४५२ योजना सङ्कलन भएको मन्त्रालयले जनाएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

January 2013
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031