मङ्लबार, बैशाख २५, २०८१

कामपा र साईडवर्कस प्रा.लिबीचको वसन्तपुर क्षेत्र व्यवस्थापन सम्बन्धी पूरक सम्झौता सर्वौच्चद्दारा बदर

 काठमाडौँ पौष १७ ,काठमाडौँ महानगरपालिकाले वसन्तपुरस्थित हनुमानढोका दरबार क्षेत्रको व्यवस्थापन साइटवाकर प्रालिलाई दिने गरी गरेको पूरक  सम्झौता सर्वोच्च अदालतले बदर गर्न आदेश दिएको छ ।  सुन्धाराको व्यवीथापनको जिम्मा पाउको साईडवर्कस प्रा.लिसंग कामपाले मिति२०६९ चैत्रमा गरेको उक्त सम्झौता अनुरुप बसन्तपुर दरवार क्षेत्रको समेत उक्त प्रा.लिले व्यवस्थापन गर्ने उल्लेख रहेको थियो । 

विस्वसम्पदा सूचीमा समावेस वसन्तपुर दरवार क्षेत्रको व्यवस्थापन साईडवर्कस प्रा.लिलाई दिने गरि भएको सम्झौताका विरुद्ध स्थानीवासिन्दनले आन्दोलन समेत गरेका थिए । साथै प्रस्तुत सम्झौता आफैमा बदनियत भएको भन्दै अधिवक्ता दिपकविक्रम मिश्रले सर्वोच्च अदालतमा दायर गर्नु भएको रिटमा अन्तिम सुनवाई गर्दै न्यायाधीशद्वय कल्याण श्रेष्ठ र प्रकाश वस्तीको संयुक्त इजलासले धरहरा क्षेत्रमा गरिएको करारबमोजिम दरबार क्षेत्रमा पनि आफ्नो अधिकारक्षेत्र नाघी कानुनविपरीत पूरक करार गरेको देखिएकाले करार सम्झौतालाई लाई उत्प्रेषणको आदेशले बदर गरिएको हो । साथै अदालतले सम्पदाको संरक्षण गर्नुपर्ने दायित्व राज्यको भएकाले गैरसरकारी या निजी क्षेत्रलाई यसको व्यवस्थापन सुम्पनुपर्ने भए स्थानीय जनताको धार्मिक तथा सांस्कृतिक हकमा असर नपर्ने गरी जनता, संस्कृतिविद्, पर्यटनविद्लगायतको सहमतिमा वैज्ञानिक एवं व्यावहारिक मापदण्ड बनाएर कानुनबमोजिम सम्झौता गर्न सरकारका नाममा परमादेश जारी गरेका छन ।

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

January 2013
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031