आइतवार, बैशाख ३०, २०८१

मानवसेवा आश्रमलाइ हिव्लचियर

 काठमाडौ फागुन ७,

नेपाल औषधि थोक व्यवसायी संघले आफ्नो ८ औं स्थापना दिवस आज मानवता प्रवद्र्धन महाअभियानमा सक्रिय मानवसेवा आश्रमलाइ हिव्लचियर, वैशाखी हस्तान्तरण गरेका छन ।

संस्थागत सामाजिक उत्तरदायित्व अभियान अन्र्तगत प्रत्येक वर्ष स्थापना दिवसको अवसरमा विभिन्न रचनात्मक कार्यक्रमको आयोजना गर्ने क्रममा यसपटक सहयोगापेक्षीले प्रत्यक्षलाभ ग्रहण सकोस भन्ने पवित्र उद्देश्य अनुरुप यस किसिमको सहयोग गरेको संघका महासचिव गणेश नेपालले जानकारी दिनुभएको छ ।

सहयोग हस्तान्तरण कार्यक्रमममा वोल्दै संघका अध्यक्ष शिवराजवास्कोटाले आज संघको देशभर रहेका प्रदेश र जिल्ला समितिमा पनि विभिन्न रचनात्मक कार्यक्रम सहित स्थापना दिवस मनाइरहेको जानकारी दिदै   उहाँले  हेर्दा सानै भएपनि प्रयोग गर्ने सहयोगापेक्षीले मात्र यसको महत्व बुझ्ने बताउँदै उहाले देशैभरका औषधि थोक व्यवसायीले समाजिक सेवासंगै आफ्नो व्यवसायलाइ थप मर्यादित बनाउँदै  विगतमा भन्दा आगतमा थप जिम्मेवार हुँदै नागरिकको गुणस्तीय औषधि सेवन गर्न पाउँनुपर्ने अधिकारलाइ मुखरित गर्न सफलता मिलोस भन्ने कामना समेत गर्नुभयो ।

सहयोग हस्तान्तरण कार्यक्रममा संघका केन्द्रीय उपाध्यक्ष महासचिव सचिव कोषाध्यक्ष क्रमस माधव अधिकारी, गणेश नेपाल, सुरज पौडेल , राजेन्द्र थापासंगै वागमती प्रदेशका महासचिव लगायतका जिम्मेवार पदाधिकारीको उपस्थित रहेको थियो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2024
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031