बुधबार, बैशाख २६, २०८१

आजदेखि कांग्रेस महासमिति बैठक सुरु हुँदै

  • बैठकमा प्रस्तुत हुने प्रतिवेदनको सवालमा सिर्जित विवाद र बढ्दो दवावसंगै बैठक भारदारीसभा बन्ने बढ्यो खतरा

  • सनातन हिन्दू राष्टको  माग गर्दे बुझाएको पुरक प्रस्तावले  काँग्रेस नेतृत्वमा थप सकस

 काठमाडौ फागुन ७,
नेपाली कांग्रेसको महासमितिको बैठक आज सुरु हुँदै छ । आज दिउँसो १ बजे ललितपुरको गोदाबरीस्थित सनराइज सम्मेलन केन्द्रमा सभापति शेरबहादुर देउवाले महासमिति बैठकको उद्घाटन गर्ने कार्यक्रम रहेको छ।

चार दिनसम्म चल्ने महासमिति बैठकमा करिब २ हजार २ सय प्रतिनिधि सहभागी महासमितिको बैठकमा उपसभापति पुर्णबहादुर खड्काले नीति, महामन्त्री गगन थापाले सांगठनिक र महामन्त्री विश्वप्रकाश शर्माले राजनीतिक प्रतिवेदन र अर्थमन्त्री प्रकाशशरण महतले आर्थिक र केन्द्रीय सदस्य श्याम घिमिरेले लेखा समितिको प्रतिबेदन पेश गर्ने कार्यसूची रहेको छ।

त्यस्तै बैठक प्रयोजनार्थ महामन्त्री गगन थापाले तयार पारेको सांगठनिक प्रतिवेदनमा उल्लेख गरिएको नीतिको विषयलाइ कांग्रेसका नेताहरुका बीचमा एकमत कायम हुन सकेको अवस्था छैन।

प्राप्त जानकारी अनुसार महामन्त्री थापाले आफ्नो प्रतिवेदनमा चुनाव अगाडि गठबन्धन नगर्ने, तिनै तहको निर्वाचनमा उम्मेदवार छनोट गर्न प्राइमरी इलेक्सन गर्ने, २०८१ मंसिर भित्र महाधिवेशन गर्ने कार्यतालिका सहितको सांगठनिक संरचनाको वकालत गर्नुभएको थाहा भएको छ । तर थापाको प्रस्तुत प्रतिवेदन उपर सभापति सहितका नेताहरुले असहमति जनाउँदै चुनाव अगाडि गठबन्धन गर्न नहुने प्रस्ताव लिएर जाँदा गठबन्धनमा रहेका दल रुष्ट हुने भन्दै प्रतिवेदनलाइ सर्व स्वीकार्य बनाउँन दबाब दिएको बुझिएको छ।

 यसरी बैठक शुरु नहुँदै देखिएको प्रतिवेदनको सवालमा सिर्जित बढ्दो दवाव सहितको विवादका कारण काँग्रेस महासमिति बैठक बैठकका लागि बैठक मात्र सावित अझ भनौ भारदारी सभा त बन्ने होइन भन्ने सर्वत्र चिन्ता चासो बढेको छ ।  त्यस्तै काँग्रेसका २२ केन्द्रीय सदस्यले सनातन हिन्दू राष्टको वकालत गर्नमाग गर्दे बुझाएको पुरक प्रस्तावले समेत काँग्रेस नेतृत्वमा थप सकस सिर्जना गरेको छ।