आइतवार, बैशाख ३०, २०८१

त्रिवि उपकुलपति सिफारिस प्रकरण : नागरिकलाई झुक्याउँदै राजनीतिक भागबन्डा गरेको आरोप

काठमाडौ फागुन ७,

त्रिभुवन विश्वविद्यालयको उपकुलपति छनोट समितिले गरेको सिफारिस विवादास्पद भएको छ।  छनौट सिफारिस समितिले सर्ट लिस्टमा परेका १४ जना उम्मेदवार क्रमस कुशुम शाक्य, केशरजंग बराल, गोविन्द सुवेदी, चित्रबहादुर बुढाथोकी, ज्ञानेन्द्रप्रसाद पौड्याल, टंकनाथ धमला र तीर्थराज खनियाँ नारायणप्रसाद बेलवासे, प्रकाश घिमिरे, भोजराज अर्याल, महेन्द्रप्रसाद शर्मा, रामचन्द्र बस्नेत, शिवलाल भुसाल र सूर्यबहादुर थापा मध्ये सोचपत्र र व्यावसायिक कार्य योजनाको प्रस्तुतिकरण र अन्र्तवार्तापछि चित्रबहादुर बुढाथोकी,टंकनाथ धमला र केशरजंग बरालको नाम सिफारिस गरेको हो ।

 तर समितिले सिफारिस गरेका तीन जनाको नाम उपर सत्तारुढ तथा विपक्षी दलले आलोचना गरेका छन् । आलोचनाको क्रममा कांग्रेसका महामन्त्री गगन थापाले खुला प्रतिस्पर्धाबाट निष्पक्ष रुपमा उपकुलपति नियुक्तिको कुरा गर्ने प्रधानमन्त्रीले उपकुलपति छनोट गर्ने प्रक्रियामा नागरिकलाई झुक्याउँदै राजनीतिक भागबन्डा गरेको जनाउ दिनुभएको छ। त्यस्तै महामन्त्री थापाले प्रधानमन्त्रीले चाहेमा अझै पनि नयाँ प्रक्रिया थालनी गरेर योग्य व्यक्तिलाई उपकुलपति बनाउन सकिने बताएका छन ।

त्यस्तै प्रमुख प्रतिपक्षीदल नेकपा एमालेका अध्यक्ष केपी ओली , पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले प्रधानमन्त्रीले उपकुलपतिमा भागबन्डा मात्र नभई एकलौटी गरेको टिप्पणी गरेको जनाउ दिदै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राई नेतृत्वको सिफारिस समितिको कामकारवाही वदनियत भएको जनाउ दिदै प्रधानमन्त्री दाहालले असफलसिद्ध भइसकेको व्यक्तिलाई उपकुलपति बनाउन लागेको आरोप लगाएका छन ।

त्यस्तै पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले त विश्वविद्यालयको नेतृत्वमा यस पटक को छानियो वा छानिएला भन्ने हैन। बरू कुन ऐन र प्रक्रियाबाट छानिदैछ र त्यसले चीरकालसम्म वि वि हरूको प्राज्ञिक स्वतन्त्रतारस्वायत्तता कायम गर्छ कि गर्दैन भन्ने प्रश्न गर्दै छनौट समितिले सिफरिस गरेका तीनजना मध्ये दुइ जना शिक्षामन्त्री र शिक्षासचिव कसरी स्वतन्त्र र प्राज्ञिक व्यक्ति हुनुभयो ? भन्ने प्रश्न समेत गरेका छन । साथै अनि अन्तिम छनोटमा परेका तीनजना मध्येबाट एकजनालाई छान्ने प्रधानमन्त्री [पदेन कुलपति] कसरी स्वतन्त्र र ब्रह्मज्ञानी हुनुहोला ? लेखेका छन ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2024
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031