बुधबार, जेष्ठ २, २०८१

दुइ दर्जन भन्दा बढी प्रहरीलाइ विपद् व्यवस्थापन आधारभूत तालिम

  काठमाडौं माघ २,

नेपाल प्रहरी विपद् व्यवस्थापन कार्यालय सामाखुशीले ३२औं समूह अन्र्तगत ३० जना प्रहरी कर्मचारीहरूलाई विपद् व्यवस्थापन आधारभूत तालिम दिएको छ।

मंगलबार आयोजित तालिम समापन सत्रमा वोल्दै प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक डम्बर बहादुर बिकले तालिम समापन गर्दै प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण गर्दै तालिमको क्रममा प्रशिक्षार्थीहरूको क्षमता अभिवृद्धि गर्नुका साथै तालिममा सिकेका ज्ञान, सीप र कौशललाई उपयो गर्न आग्रह गर्दै तालिमका कारण कार्यक्षेत्रमा काम गर्न सहज हुने बताउनुभयो ।

कार्यक्रममा तालिम संयोजक प्रहरी नायव उपरीक्षक राम कुमार यादवले तालिममा ३ जना प्रहरी सहायक निरीक्षक, ३ जना प्रहरी सहायक हवल्दार र २४ जना प्रहरी जवान गरी जम्मा ३० जना प्रशिक्षार्थीहरूको सहभागिता रहेको जानकारी दिनुभएको हो ।

दुइ दर्जन भन्दा बढी प्रहरीलाइ विपद् व्यवस्थापन आधारभूत तालिम

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु