बुधबार, जेष्ठ २, २०८१

यस्तो छ आज बस्ने प्रतिनिधिसभा बैठकको कार्यसूची

काठमाडौं जेठ १,
संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे संसद भवनमा सुरु हुने संसदसचिवालयले जनाएको छ ।

आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचार निवारण [पहिलो संशोधन] विधेयक, २०७७ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।

त्यसैगरी आजको बैठकमा २०६४ सालको संविधान सभा निर्वाचनमा नेपाली कांग्रेसबाट समानुपातिक सदस्य रहेका पूर्व सभासद पुरुषोत्तम बस्नेतको निधनप्रति शोक प्रस्ताव पारित गर्ने कार्यसूची रहेको संसद सचिवालयका महासिचव डा। भरतराज गौतमले जानकारी दिनुभएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु