मङ्लबार, बैशाख २५, २०८१

आईसीसी विश्वकप लिग:यूएईमाथि नेपालको शानदार जित, विश्वकप छनोटका बाँकी दुइ खेल जित्नै पर्ने

काठमाडौं फागुन २३,
यूएईमा सम्पन्न आईसीसी विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक क्रिकेट श्रृंखलाको अन्तिम खेलमा आयोजक यूएईमाथि शानदार जित हासिल गर्दैै नेपालले विश्वकप छनोटमा सिधै छानिने सम्भावना कायमै राखेको छ ।

सोमवार भएको अन्तिम खेलमा नेपालले यूएईलाई ४२ रनले पराजित गर्दै विश्वकप छनोटको सम्भावना कायमै राखेको हो । यसअघि नेपालले पपुवा न्यूगिनीलाइ पराजित गरेको थियो भने यूएईसँग एक खेल हारेको थियो ।

सोमवारको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ८ विकेटको क्षतिमा २२९ रन बनाउँदै यूएईलाइ जितका २३० रनको लक्ष्य दिएको थियो । तर यूएईले ४५ ओभरमा सबै विकेट गुमाएर १८७ रनमानै सिमित भएसंगै नेपालको पोल्टामा जित परेको हो ।

अवको चरणमा नेपालले पपुवा न्यूगिनी र यूएईसँग नेपाली भूमिमा २–२ खेल खेल्नेछ भने खेलबाटै विश्वकप छनोटमा पुग्ने शीर्ष तीन टिम र एक दिवसीयमा रहिरहने शीर्ष पाँच टिमको टुङ्गो लाग्ने कयान सम्वद्ध अधिकारीहरुले जनाएको छ ।
प्राप्त् पछिल्लो जानकारी अनुसार यसको लागि नेपालले बाँकी दुई खेल जित्न सक्दा नेपाल विश्वकपमा सिधै छनोट हुने अवसर प्राप्त् हुने ती अधिकारीले बताए ।

विश्वकप लिग–२ मा सबै खेल खेलेर स्कटल्याण्ड ५० अंकसहित च्याम्पियन बन्दै गर्दा ३२ खेलबाट ३२ अंक सहित नेपाल पाँचौं स्थानमा रहेन सफल भएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

March 2023
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728