बिहिबार, बैशाख १३, २०८१

महानगरमा नयाँ निर्देशिकाको कार्यान्वयनसंगै घरबहाल तिर्नेको संख्या ह्वात्तै बढ्यो

 काठमाडौं फागुन २३,
काठमाडौं महानगरपालिकाले महानगर भित्रका घरबहाल करलाई व्यवस्थित बनाउन घरबहाल व्यवस्था निर्देशिका, २०७९ कार्यान्वयनमा ल्याएको छ । काठमाडौंमा घर बहालमा दिने तर घरबहाल कर तिर्नकालागि आनाकानी गर्ने प्रवृति बढेसंगै महानगरले नयाँ निर्देशिका कार्यान्वयनमा ल्याएको हो ।

नयाँ निर्देशिका घरबहालमा लगाउँदा दुवै पक्षबीच अनिवार्य रूपमा सम्झौता गर्ने क्रममा जग्गाको कित्ता नम्बर, बहालमा लिएको घरको क्षेत्रफल, भाडादरलगायत विवरण सहितको भाडामा दिने र लिने दुवै पक्षले सम्झौतापत्रको एक–एकप्रति राख्नुपर्नेछ । एक प्रति सम्बद्ध वडा कार्यालयमा बुझाउनुपर्ने र घर बहालमा लिने र दिनेको नाम थर, ठेगाना, नागरिकता नम्बर, परिचयपत्र नम्बर र मोबाइल नम्बर उल्लेख हुनुपर्ने प्रावधान रहेको छ ।

यसवीचमा पनि घरवहाल कर नबुझाए महानगरबाट प्रवाह हुने कुनै किसिमको सेवा सुविधा उपलब्ध नगराइने महानगर ले जनाएको छ ।  त्यस्तै यसअघि घरवहाल कर नबुझाएका धरघनीले समेत नयाँ निर्देशिकाको कार्यान्वयन संगै घरबहाल तिर्नका लागि उत्सुकता देखाएको जनाउ सहित  सम्झौता सहित घरबहाल तिर्नेको संख्यामा ह्वात्तै वृद्धि भएको जनाएको छ ।