काठमाडौ फागुन २०,
शंखमूलस्थित बबिन रेष्टुरेन्टको ६ तलामाथिबाट खसेर गम्भीर घाइते भएका नेकपा एकीकृत समाजवादीका नेता सरोजकुमार उपाध्यायको निधन भएको छ । अन्नपूर्ण न्यूरो अस्पतालमा उपचारको क्रममा क्रममा उनको निधन भएको हो ।
दिउँसो सवा २ बजे रेष्टुरेन्टको छैटौं तलाबाट खसेका थिए। खसेर गम्भीर घाइते भएका नेपाललाइ तत्काल सिभिल अस्पताल लगिए पनि थप उपचारको लागि सिभिल अस्पतालबाट माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पताल लगिएको थियो।
एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालका सहोदर भाइ नेता उपाध्याय निधनको खवरसंगै अन्नपूर्ण न्यूरो अस्पतालमा नेतागणको भिड लागेको छ । यसैवीच रेष्टुरेन्टमा खाजा खाइरहेका नेता उपाध्यायको रेष्टुरेन्टको छैटौं तलाबाट कस।ी खसे भन्ने विषयमा प्रहरीले अनुसन्धान शुरु गरिसकेको थाहा भएके छ।