मङ्लबार, बैशाख २५, २०८१

स्ववियु निर्वाचनको प्रक्रियाआजदेखि शुरु, विद्यार्थी सङ्गठनले आ-आफ्नो सङ्गठन दर्ता गराउँदै

काठमाडौं फागुन १९,
आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको प्रक्रिया आजदेखि शुरु भएको छ ।

देशभरिका त्रिविका ६२ आङ्गिक र एक हजार ४० सम्बन्धनप्राप्त क्याम्पसमा हुने प्रस्तुत निर्वाचनका लागि प्रत्येक क्याम्पसमा क्याम्पस प्रमुख संरक्षक रहने गरी निर्वाचन समिति गठन गरिएको छ। सो समितिले नै क्याम्पसमा स्ववियु निर्वाचन गराउने छ।

 त्यस्तै स्ववियु निर्वाचनमा सहभागी हुनका लागि आज विद्यार्थी सङ्गठनले दर्ता गराउँँदैछन् । बिहान १० बजदेखि दिउँसो ३ बजेसम्म विद्यार्थी सङ्गठनले आ–आफ्नो सङ्गठन दर्ता गराउनुपर्ने र आज दर्ता भएका विद्यार्थी सङ्गठनले मात्र निर्वाचनमा भाग लिन पाउने त्रिभुवन विश्वविद्यालयले जनाएको छ ।

यस्तै यसअघि प्रकाशित निर्वाचन कार्यतालिका अनुसार विद्यार्थी सङ्गठनले फागुन २७ गते बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म समानुपातिक तथा प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता गराउनेछन् भने फागुन २८ गते बिहान ११ बजेदेखि दिउँसो २ बजेभित्रमा प्रत्यक्षतर्फका उम्मेदवारमाथि दाबी विरोध गर्ने समय तोकिएको छ। सोही दिन साँझ ५ बजे प्रत्यक्षतर्फका उम्मेदवारमाथि परेको दाबी विरोधमाथि छलफल गरेर अन्तिम नामावली प्रकाशन गरिने भएको छ।

त्यस्तै प्रत्यक्षतर्फ उम्मेदवारी दिएकाहरूलाई फागुन २९ गते दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ता लिने समय तोकिएको छभने सोही दिन दिउँसो २ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने कार्यतालिका रहेको छ। सिाथै विद्यार्थी सङ्घ सङ्गठनले फागुन २९ गतेदेखि चैत २ गतेसम्म मात्र प्रचारप्रसार गर्न पाउने व्यवस्था गरिएको छ । त्यसपछि निर्वाचन सम्पन्न नहुँदासम्म मौन अवधि रहनेछ। मौन अवधिमा प्रचारप्रसार गरेमा कारबाही गरिने त्रिवि स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिले जनाएको छ।

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

March 2023
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728