शनिबार, बैशाख ८, २०८१

नेपाल २०२४ मा श्रीलङ्कामा आयोजना हुने यू–१९ विश्वकपमा छनोट, प्रम प्रचण्डद्वारा बधाइ ज्ञापन

क्यानले यू-१९ टोलीका सदस्यलाई जनही एक लाख  पुरस्कार प्रदान गर्ने घोषणा

काठमाडौं फागुन १८,
नेपाल सन् २०२४ मा श्रीलङ्कामा आयोजना हुने आईसीसी यू–१९ विश्वकपमा छनोट भएको छ । युएईमा बिहीबार भएको खेलमा नेपालले आयोजक राष्ट्र यूएईलाई सात रनले पराजित गर्दै आईसीसी यू–१९ विश्वकपमा छनोट हुन सफल भएको हो।

नेपालले सबै खेलमा अपराजित हुँदै आएको नेपालले आजको खेलमा टस हारेर पहिले ब्याटिङ गर्नेक्रममा ४८।५ ओभरमा सबै विकेटको क्षतिमा एक सय ९१ रन बनाउँदै नेपालले दिएको एक सय ९२ रनको लक्ष्य पछ्याएको युएई ४८ ओभरमा सवै विकेटको क्षतिमा एक सय ८४ रनमात्रबनाउँन सफल भएको थियो । युएईका लागि इथान काल्लले सर्वाधिक ५० जोडेको थियो ।

नेपालका लागि कप्तान देव खनालले ५१ रन ,विशाल विक्रम केसीले ३८, उत्तम थापामगरले ३६, दिपेश कँडेलले १५, हेमन्त धामीले १३ र मिलन बोहराले १० रनको योगदान गरेको थियो ।

यसैवीच प्रधानमन्त्री प्रचण्डले विश्वकपका लागि छनोट भएको नेपालको यू-१९ क्रिकेट टोलीलाई बधाइज्ञापन गदै नेपालको ख्याति विश्वस्तरमा चिनाउन खेलाडीले पुर्याएको योगदानको उच्च प्रशंसा गर्नुभएको छ ।

 प्रधानमन्त्रीको ट्वीटरमार्फत् सचिवालयले भनेको छ, ‘‘श्रीलंकामा हुने यू(१९ विश्वकपका लागि छनोट भएकोमा नेपाली टिमलाई हार्दिक बधाइ ज्ञापन गर्दै देशको गौरव बढाउन एवं नेपालको ख्याति विश्वस्तरमा चिनाउन नेपाली खेलाडीहरूले पुर्‍याउनुभएको योगदानको उच्च प्रशंसा गर्नुभएको उल्लेख गरिएको छ। त्यस्तै नेपाल क्रिकेट संघ [क्यान] ले यू-१९ टोलीका सदस्यलाई जनही एक लाख  पुरस्कार प्रदान गर्ने घोषणा समेत गरेको छ।