आइतवार, बैशाख १६, २०८१

सभामुखका लागि काँग्रेसको तर्फबाट न्यौपाने र एमालेको तर्फबाट घिमिरेको उम्मेदवारी दर्ता

काठमाडौं माघ ४,
विहिवार हुने प्रतिनिधिसभाको सभामुख पदको निर्वाचनका लागि प्रकाशित उम्मदवारी मनोनयन दर्ताको क्रममा सत्ता साझेदार दलका तर्फबाट नेकपा एमालेका सांसद देवराज घिमिरेले आफ्नो उम्मेदवारी दर्ता गराउँनु भएको छ।

घिमिरेको प्रस्तावकमा एमाले सांसद सुवासचन्द्र नेम्वाङ हुनुहुन्छ भने समर्थनमा नेकपा माओवादी केन्द्रका नेता हितराज पाण्डे, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने हुनुहुन्छ ।

त्यस्तै नेपाली काँग्रेसको तर्फबाट ईश्वरीदेवी न्यौपानेले सभामुखका लागि मनोनयन दर्ता गराउनुभएको छ । काँग्रेस संसदीयदलको निर्णय अनुरुप न्यौपानेले उम्मेदवारी दर्ता गराउनुभएको हो ।

त्यस्तै कांग्रेस सांसद न्यौपानेको प्रस्तावकमा कांग्रेसका महामन्त्री एवम् सांसद विश्वप्रकाश शर्मा, समर्थकमा नेकपा एकीकृत समाजवादीका सांसद प्रकाश ज्वाला रहेका छन ।

बिहीबार बिहान ११ बजे बस्ने प्रतिनिधिसभा बैठकमा हुने निर्वाचन प्रयोजनका लागि घिमिरे र न्यौपानको उम्मेदवारी दर्ता भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। मनोनय दर्तापछि दुवैदलका उम्मेदवारले आफ्नो जित निश्चित भएको जनाउ दिएका छन।