मङ्लबार, बैशाख १८, २०८१

सम्पादक झालाइ महानगरीय सुशासन पत्रकारिता पुरस्कार

काठमाडौं मंसिर २९,

कान्तिपुर हटलाइन डटकमका सम्पादक श्रीजन झा सम्मानित भएका छन् । सम्पादक झा काठमाडौं महानगरपालिकाका २८औं महानगर दिवसका अवसरमा बिहीबार सम्मानित हुनुभएको हो ।

काठमाडौं महानगरले सहरी सुशासनको पक्षमा निरन्तर क्रियाशील पत्रकारहरुमध्ये विभिन्न विधामा उत्कृष्ट कार्यगर्ने पत्रकारहरुलाई महानगरीय सुशासन पत्रकारिता पुरस्कारवितरण गर्ने नीतिअनुरुप झालाई सम्मानपत्र र नगद ५० हजार रुपैयाँसहित सम्मान गरेको हो ।

सहरी विकासमन्त्री मेटमणि चौद्यरीको प्रमुख आतिथ्यतामा आयोजित उक्त कार्यक्रममा काठमार्डौं महानगर प्रमुख वालेन्द्र साहले सम्मानपत्र प्रदान  गरेका थिए ।