बिहिबार, बैशाख ६, २०८१

काठमाडौं उपत्यकाको मौलिक सभ्यता र सम्पदाहरूलाई पुनः जागृत गराउनुपर्नेमा महानगर प्रमुख साहको जोड

 १३ जना जनप्रतिनिधि,५ जना पत्रकार,२७ जना कर्मचारी सहित ४७ जनालाई विभिन्न विधागत सम्मान

काठमाडौं मंसिर २९,
काठमाडौं महानगरपालिकाले आज २८ औँ महानगर घोषणा दिवसको अवसरमा आयोजित कार्यक्रमलाइ सम्बोधन गर्दै महानगर प्रमुख वालेन्द्र साहले नागरिकको घरमा महानगरका सेवा पु-याउन अनलाइन सेवालाई थप प्रभावकारी रुपमा विस्तार गर्दै लैजाने बताउनुभएको छ ।

त्यस्ते उहँँले यसवीचमा महानगरले शुरु गरेका काम कारवाहीले क्रमस परिणाम दिने क्रमको शुरुवात भएको भन्दै यसलाइ अझ प्रभावकारी बनाउँदै लैजाने जनाउ दिनुभएको छ। साथै उहाँले काठमाडौं उपत्यकाको मौलिक सभ्यता र सम्पदाहरूलाई पुनः जागृत गराउनुपर्नेमा जोड दिदै यसकिसिमको संस्कृतिको जगेर्ना गर्नका निम्ति नयाँ पुस्ताहरूमा हस्तान्तरण गर्दै जानुपर्ने बताउनुभएको छ।

त्यसअवसरमा महानगर प्रमुख साहले डिजिटल सिग्नेचर सहितको इलेक्ट्रोनिक विल्डिङ् परमिट सिस्टम ९ईवीपीयस० प्रणाली, ई—शिफारिस, येँ देँ केएमसी हेरिटेज वक [सम्पदाको पद मार्ग र यात्राका विषयमा जानकारी दिने] मोवाइल एप्लिकेसन सार्वजनिक गर्नुभयो । त्यस्तै कार्यक्रममा २७ जना कर्मचारी, १३ जना जनप्रतिनिधि, ५ जना पत्रकार, १ जना कलाकार सहित ४७ जनालाई विभिन्न विधागत सम्मान र पुरस्कार प्रदान गरिएको छ ।

सम्मानतर्फ महानगर सेवा गौरवबाट ७ जना जनप्रतिनिधिहरु क्रमस वडा १० का अध्यक्ष रामकुमार के। सी।, वडा १३ का अध्यक्ष ध्रुवनारायण मानन्धर, १६ का अध्यक्ष मुकुन्द रिजाल, १८ का अध्यक्ष न्हुच्छेकाजी महर्जन, वडा २० का अध्यक्ष राजेन्द्र मानन्धर, वडा २१ का अध्यक्ष उदयचुडामणि बज्राचार्य र वडा ६ का वडा सदस्य नरेन्द्र थापालाइ पदकसहित १ लाख रुपैयाँको नगदसहितको सम्मान प्रदान गरिएकोछ भने कर्मचारीतर्फ निर्देशक वुद्धरत्न मानन्धर, नगर प्रहरी उपरीक्षक राजुनाथ पाण्डे, वरिष्ठ उद्यान सहायक इन्द्रलाल रेग्मी, कार्यालय सहयोगी देवी नेपाली, हलुका सवारी चालक सुरेन्द्र पोडेलाई पदक र प्रमाण पत्र दिइएको हो ।

त्यस्तै सुशासन पत्रकारिता पुरस्कारबाट कान्तिपुर हटलाइनका सम्पादक श्रीजन झा,आर्थिक दैनिकका सम्पादक प्रह्लाद रिजाल, गोरखापत्रका समाचारदाता भउचप्रसाद यादव, ईकान्तिपुरकी रीना मोक्तान र मेरो साप्ताहिकका रत्नकाजी महर्जनलाई प्रदान गरिएको छ भने सशस्त्र प्रहरी हवल्दार वीरेन्द्रबहादुर साउद ५० हजार राशीको जोखिमपूर्ण सेवा पुरस्कार र नेपाल सम्बतका प्रवर्तक शंखधर साख्वा सम्बन्धी अध्ययन गरेर मुखाकृतिसहितको मूर्ति बनाउने कलाकारलाई वत्सगोपाल बैद्यलाई नगद १ लाख रुपैयाँसहित सम्मान प्रदान गरिएको छ ।

उत्कृष्ट महानगर सेवा पुरस्कारतर्फ निर्देशक देवेन्द्र पोखरेल, सहायक निर्देशक सन्तु श्रेष्ठ, अधिकृत छैटौँ इन्द्रप्रसाद खनाल, नायव सुब्बा टंकबहादुर थापासहित १० जना सम्मानित हुनुभयो । यस्तै नगर प्रहरी हवल्दार प्रयास घिमिरे, मेकानिकल हेल्पर कुलबहादुर धलान, कार्यालय सहयोगी बलराम उपाध्याय, कुचीकार बाबुचा पोडे, हलुका सवारी चालक जयकृष्ण सुवेदी, कुचीकार जमुना पोडेनी हुनुहुन्छ । यो पुरस्कार नगद ५० हजार रुपैयाँ राशीसहितको हो ।

त्यस्तै १ लाख रुपैयाँ नगदसहितको साधना देवी अग्रणी महिला पुरस्कारबाट वडा ९ की सदस्य श्रृजना भेटवाल, वडा १७ की सदस्य कविता दास दर्नाल, वडा १९ की सदस्य रेणुकमल शाही भारती, कार्यपालिका सदस्य कञ्चना नेपाली हरिजनलाई प्रदान गरिएका उक्तकार्यक्रमा

महानगरका जननिर्वाचित पहिलो सभापति स्व जनकमान श्रेष्ठको स्मृतिमा स्थापित सुशासन पुरस्कारमा जनप्रतिनिधितर्फ वडा २३ का अध्यक्ष मचाराजा महर्जन र वडा ११ की सदस्य यशोमती परियारलाई सम्मानीत गरिएकोछ । त्यस्ते कर्मचारीतर्फ उपनिर्देशक कुमारी राई र सहायक निर्देशक सुरेशकुमार दाहाललाई प्रदान गरिएकोछ ।