मङ्लबार, बैशाख १८, २०८१

जीप दुर्घटना :चालक सहित ११ को मृत्यु

काठमाडौं मंसिर २६,

जाजरकोटको छेडागाड नगरपालिकामा बोलेरो जीप दुर्घटना हुँदा गाडी चालक मानबहादुर रावत सहित ११ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

कर्णाली प्रदेश २००१ च ०४२९ नम्बरको निजी जीप छेडागाड नगरपालिका वडा न ३ जेवाबाट सोही नगरको वडा नं ४ को लेवातर्फ जाँदै गरेको अवस्थामा दुर्घटना भएको जनाउँदै दुर्घटनापरि मृत्यु हुनेमा सहचालक वीरेन्द्र केसीसंगै ,अम्मर खड्का छेडागाड नगरपालिका वडा नं ५ का दीपक अधिकारी, नैनसरा अधिकारी, जैकुवरा बुढा, रामबहादुर बुढा, देवीसरा बुढा, अमर अधिकारी, निसा अधिकारी र सोही नगर वडा नं ६ वीरबहादुर खत्री रहेको जनाएको छ।

त्यस्तै जीप दुर्घटनामा परि गमभीरघाइते भएका जैभान अधिकारीलाइ थप उपचारका लागि नेपालगञ्ज पठाइएको जनाएको छ।