मङ्लबार, बैशाख १८, २०८१

दोलखाबाट माओवादी केन्द्रका कार्की निर्वाचित भएसंगै १६५ निर्वाचन क्षेत्रको मतपरिणाम सार्वजनिक

काठमाडौँ मंसिर १९,
गत मंसिर ४ गते सम्पन्न् आम निर्वाचन अन्र्तगत दोलखा जिल्लाबाट प्रतिनिधिसभा सदस्यमा नेकपा माओवादी केन्द्रका गंगा कार्की निर्वाचित हुनुभएको छ । उहाँले प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार बालकृष्ण सिवाकोटीलाई ३१७ मतान्तरमा पराजित गर्नुभएको हो ।

प्राप्त मत परिणामअनुसार कार्कीले ३६ हजार ७९९ मत प्राप्त गर्दैगर्दा सिवाकोटीले ३६ हजार ४८२ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिदै पछिल्लो समय समानुपातिकको मतगणना जारी रहेको जनाएको छ ।

दोखा जिल्लको मतपरिणाम सार्वजनिकभएसंगै १६५ निर्वाचन क्षेत्रको मतपरिणाम सार्वजनिक भएको छ । यसमध्ये नेपाली काँग्रेसले ५७ स्थानमा एमालेले ४४ स्थानमा माओवादी केन्द्रले १८ स्थानमा, नेकपा एसले १० स्थानमा, जसपा, , रास्वपा र राप्रपाले ७/७ स्थानमा , लोसपा ४ स्थानमा , नागरिक उन्मुक्ति पार्टीले ३ स्थानमा जनमत पार्टीले १ स्थानमा ,राजमो,नेमकिपा १/१ स्थानमा र स्वतन्त्रले ५ स्थानमा विजय प्राप्त् गरेको छ ।