बिहिबार, बैशाख १३, २०८१

उपत्यकाको न्यूनतम तापक्रम घटेसंगै बढ्यो चिसो, सतर्कता अपनाउन आग्रह

काठमाडौँ मंसिर १९,
जल तथा मौसम विज्ञान विभागले पछिल्लो समय न्यूनतम तापक्रम क्रमिकरुपमा घट्नेक्रम शुरु भएसंगै ह्वात्तै चिसो बढेको जनाएको छ। यसैक्रमा सोमबार उपत्यकाको न्यूनतम तापक्रम ६।८ डिग्री सेल्सियस मापन भएको जनाउँदै न्यूनतम तापक्रम क्रमिक रूपमा सुधार हुँदा चिसो ह्वात्तै बढेको भन्दै सतर्कता अपनाउन अनुरोध गरेको हो ।

त्यस्ते विभागले आगामी २४ घण्टामा तराई भू–भागमा हुस्सु कुहिरो लाग्ने तथा देशका अधिकांश भू–भागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने सम्भावना रहेको हुनाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन सूचना प्रकाशन गरी यस्तो आग्रह गरेको हो ।

साथै प्रदेश १ को पहाडी भू–भागमा तथा उच्च पहाडी र हिमाली भू–भागसंगै प्रदेश १, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका भू–भागमा आंशिक बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने जनाएको छ ।